मुटु भित्र हुदा रैछन घाउ बनाएर बस्नेहरु ! (गजल)
राष्ट्रिय
डाक्टरमाथि आक्रमण तथा कुटपिटका घटना बन्द गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह ।
डाक्टरमाथि आक्रमण तथा कुटपिटका घटना बन्द गर्न राष्ट्रिय मानवअधिकार आयोगले आग्रह गरेको छ ।
आयोगले आज विज्ञप्ति निकालेर केही दिनयता कास्की, मकवानपुर, लमजुङ, चितवन लगायतका विभिन्न अस्पतालहरुमा कार्यरत चिकित्सकहरुमाथि भएका आक्रमण, दुर्व्यवहार तथा स्वास्थ्य संस्थाहरुमा भएको तोडफोडप्रति ध्यानाकर्षण भएको जनाएको हो । चिकित्सकहरुले आकस्मिकबाहेकका स्वास्थ्य सेवाबन्द गरी आन्दोलनमा उत्रिँदा नागरिकको स्वास्थ्यउपचारमा पर्न गएको असरप्रति पनि गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको हो।
डाक्टरको सुरक्षा व्यवस्था, स्वास्थ्य सेवाको निरन्तरता तथा बिरामीहरुले भोग्नु परिरहेको समस्याहरु सम्बन्धमा आयोगले विभिन्न माध्यमबाट निरन्तर अनुगमन गरिरहेको पनि आयोगले जनाएको छ ।
आयोगले अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ।
थप समाचार

स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!