मुटु भित्र हुदा रैछन घाउ बनाएर बस्नेहरु ! (गजल)
राष्ट्रिय
अजरबैजान स् इन्धन डिपोमा विस्फोट हुँदा २० जनाको ज्यान गयो ।

अजरबैजानको नागोर्नो–काराबाखमा रहेको एक इन्धन डिपोमा विस्फोट हुँदा २० जनाको ज्यान गएको छ । डिपोमा विस्फोट हुँदा तीन सय जनाभन्दा धेरै घाइते भएका अर्मेनियाली अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
तीन सय जना मानिसलाई अस्पतालमा भर्ना गरिएकोमा कैयौँको अवस्था गम्भीर रहेको खबरमा उल्लेख छ । नागोर्नो–काराबाख क्षेत्रमा पर्याप्त अस्पताल नहुँदा उपचारमा समस्या भएको छ । विस्फोट के कारणले भएको हो भन्ने अझै स्पष्ट भइसकेको छैन ।
विवादित नागोर्नो–काराबाख क्षेत्रमा एक लाख २० हजार जना जातीय अर्मेनियालीहरूको बहुमत रहेको छ । गएो हप्ता अजरबैजानले नागोर्नो–काराबाख कब्जा गरेपछि घरबारविहीन भएका धेरै जना अर्मेनिया प्रस्थान गरेका छन् । अर्मेनिया सरकारले घरबारविहीनलाई शरण दिने बताएको छ ।
प्रकाशित मिति: मंगलबार, आश्विन ९, २०८०, ०३:१७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार


स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!