प्रतिबोध एफएमले मनायो १५औं वार्षिकोत्सव, आवाजको यात्रामा सहकार्यको प्रतिबद्धता।
राष्ट्रिय
चीनमा कोरोना सङ्क्रमण बढेपछि एसियाली खेलकुद स्थगित ।

चीनको हाङझाउ सहरमा आउँदो सेप्टेम्बरमा हुने भनिएको एसियन गेम्स ९एसियाली खेलकुद० स्थगित भएको छ । चीनमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएका कारण एसियाली खेलकुद स्थगित गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएको छन ।ओलम्पिक काउन्सिल अफ एसिया ९ओसीए का कार्यवाहक अध्यक्ष रणधीर सिंहले एसियन गेम्स स्थगित भएको जानकारी दिएका रोयटर्सले जनाएको छ । एसियाली खेलकुदको १९ औँ संस्करण झेजियाङ प्रान्तको राजधानीमा सेप्टेम्बर १० देखि २५ सम्म हुने तय भएको थियो । ओसीएको कार्यकारी समितिको बैठकपछि एसियाली खेलकुद स्थगित गर्ने निर्णय गरिएको हो । सन् २०२३ मा व्यस्त अन्तर्राष्ट्रिय क्यालेन्डर भएका कारण आयोजकले नयाँ मितिको घोषणा गरेको छैन ।
प्रकाशित मिति: शुक्रवार, बैशाख २३, २०७९, ०२:३९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार



स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!