कोहलपुर–१२ स्थित ज्ञानकुञ्ज इङ्लिस मिडियम बोर्डिङ स्कुलमा अभिभावक भेला सम्पन्न !
राष्ट्रिय
भोट हाल्ने दिन आउन आठ दिन मात्र बाँकी, सुरक्षा व्यवस्था कडा पारिएको गृहको दाबी ।।

भोट हाल्ने दिन आउन अब आठ दिन मात्रै बाँकी छ । महानगरसहित गाउँबस्ती चुनावमय बनेका छन् ।
आफ्ना घोषणापत्र र प्रतिबद्धतापत्रसहित उम्मेदवारले मतदातालाई आश्वस्त पार्न घरदैलो पुगेर अभियान चलाइरहेका छन् । मतदातासँगको भेटघाट, छलफल, सामाजिक सञ्जालको प्रयोगसँगै र्याली, जुलुस तथा सभा भइरहेका छन् । मतदातालाई आफ्नो पक्षमा पार्न हुने अस्वस्थ प्रतिस्पर्धा र गतिविधिले चुनावी सुरक्षा चुनौती समेत बढाएको छ । झडपका घटना बढ्न थालेका छन् । गृहमन्त्रालयका प्रवक्ता एवम सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलले चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सुरक्षा व्यवस्थापन मिलाइएको जानकारी दिनुभयो । उहाँका अनुसार चुनावलाई धाँधलीरहित, स्वतन्त्र निष्पक्ष र भयरहित बनाउन गृहसहित सम्पूर्ण निकाय लागेको छ ।
चुनावमा शान्ति सुरक्षा बिथोल्ने जस्ता गतिविधि हुन नदिन दल, उम्मेदवार, कार्यकर्ता र नागरिकलाई संयमित रहन पनि उहाँको आग्रह छ ।
थप समाचार



स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!








