राष्ट्रिय

एकैदिन थपिए १० जना जम्मा कोरोना संक्रमितको संख्या २९१

Samayapati

समयपाटी संबाददाता

२०७७ जेष्ठ ४  आइतबार 

कोहलपुर बाके:  जेष्ठ ४ गते आइतबार मात्र थप १० जनामा कोरोना  भाइरसको पुष्टि भएको छ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेहरुमा रौतहट को राजपुर नगरपालिका फरहदवा ९ निबासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८, बर्षिय ७ जना पुरुष र रौतहटकै ईशनाथ नगरपालिका वडा नम्बर ३ र ५  निबासी २८, ३०, ३३ बर्षिय ३ जना पुरुष रहेका छन। उनिहरुको स्वास्थ्य अवस्था सामान्य नै रहेको  जनाइन्छ।


प्रकाशित मिति: आइतवार, जेठ ४, २०७७, ०२:०८:००
प्रतिक्रिया दिनुहोस्