राष्ट्रिय

पर्सामा कोरोना संक्रमित भागे, प्रहरीले गोलि चलाउन सक्ने

Samayapati

समयपाटी संबाददाता

२०७७ जेष्ठ २ शुक्रबार 

कोहलपुर : पर्सामा आइसोलेसनबाट कोरोना संक्रमित भागेका छन । अब प्रहरीले गोलि समेत चलाउन सक्ने भएकोछ।

  प्रजिअ बिष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट ब्यबस्थापन समितिले यो निर्णय गरेको हो।

 बैठकद्वारा निर्णय न. ३ मा भनिएको छ, अब भर्ना भएका संक्रमित भाग्न नदिन उच्च सतर्कता अपनाउने र भाग्न खोज्नेलाई सुरक्षा निकायले गोलि समेत ब्यबस्था निर्णयमा उल्लेख छ।

बिहीबार मात्र नारायणी अस्पतालको आइसोलेसन बेडमा भर्ना भएका २ ब्यक्ति भागेका थिए। 

बैठकले स्थानीय ऐनअनुसार ३० बैशाखदेखि लागू गरिएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउने पनि निर्णय गरेकोछ। online khabar


प्रकाशित मिति: शुक्रवार, जेठ २, २०७७, १२:४६:००
प्रतिक्रिया दिनुहोस्