स्थानीय

सिन्धुपाल्चोक पहीरोमा पुरिएर मृत्यु हुनेको संख्या २२ पुग्यो ।

Samayapati

भदौ १

सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदी, लामागाउँमा गएको पहिरोका मृतकको संख्या २२ पुगेको छ । सोमबार बिहान थप तीन शव फेला परेका हुन् । बेपत्ता ३९ जनामध्ये आइतबार बेलुकीसम्म १९ शव भेटिएका थिए । सोमबार पहिरोले पुरिएको अवस्थामा थप तीन शव फेला परेको र सनाखतसमेत भइसकेको जिल्ला प्रहरी कार्यालय चौताराले जनाएको छ । अहिलेसम्म ३६ वर्षीया टीकामाया दोङ , १४ वर्षका छिरिङ दोङ, ८० वर्षका जिते झाक्री, ८ वर्षका मिलन दोङ, ८ वर्षका सानु दोङ, ७० वर्षका जयबहादुर दोङ, ३० वर्षकी दावाल्हामु दोङ, ५ वर्षकी प्रीति दोङ, ५ महिनाकी कान्छी दोङ, ३४ वर्षकी धनमाया दोङ, ४ महिनाको रेमिस दोङ, १६ वर्षका माइलापराङ दोङ, ३७ वर्षकी मेकमाई दोङ, १९ वर्षकी च्यामा दोङ, ७ वर्षकी विमला दोङ, ७ महिनाका कबिर दोङ, ११ वर्षकी लक्ष्मी दोङ, १२ वर्षका हिन्दुस दोङ , ३० वर्षका मानबहादुर दोङ, २२ वर्षका छविलाल दोङ, ६ वर्षका सुमन दोङ, १० वर्षका सुरज दोङको शव फेला परेको छ ।बर्खाले सडक बगाएपछि एक्स्काभेटर लैजान नसकिँदा सशस्त्र, नेपाल प्रहरी र सेनाको ५५ जनाको टोलीले साबेल, कोदालोको भरमा बाँकी बेपत्ताको खोजी गरिरहेको प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । गत साता खसेको पहिरोले उक्त गाउँका एक सय घरधुरीमध्ये ३७ वटामा आंशिक र १७ वटामा पूर्ण क्षति भएको छ ।


प्रकाशित मिति: सोमवार, भदौ १, २०७७, ०२:२१:००
प्रतिक्रिया दिनुहोस्