कोहलपुरमा समावेशी शिक्षाका लागि ‘युडिएल’ तालिम सुरु !
स्थानीय
कोहलपुरमा बालमैत्री शिक्षाका लागि मन्टेसरी एकदिने तालिम सम्पन्न!

कोहलपुर, २६ वैशाख —कोहलपुरमा एन प्याप्सन नगर कमिटी कोहलपुरको आयोजनामा र कोहलपुर नगरपालिकाको सहकार्यमा पूर्वप्राथमिक तहका शिक्षक शिक्षिकाहरूलाई लक्षित गर्दै मन्टेसरी शिक्षण प्रशिक्षण तालिम सम्पन्न गरिएको छ।
प्राथामिक तहका शिक्षक शिक्षिकाहरुलाई मन्टेसरी विधिबारे व्यवहारिक ज्ञान दिई बालमैत्री शिक्षा प्रवाहमा सघाउने र शिक्षण प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यले तालिम संचालन गरिएको हो।
एन प्याप्सन नगर कमिटी कोहलपुरका अध्यक्ष विष्णु प्रसाद केसीको अध्यक्षतामा कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिका सामाजिक बिकास शाखाका संयोजक इस्वरी प्रसाद बिश्वकर्माले ब्यानर परेर कार्यक्रमको उद्घाटन गरेका थिए। उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि विश्वकर्माले प्रारम्भिक शिक्षामा गुणस्तर अभिवृद्धिका लागि तालिम आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले शिक्षकको शैक्षिक क्षमतामा सकारात्मक प्रभाव पार्ने बताए।
कार्यक्रमका विशिष्ट अतिथि एन प्याप्सनका केन्द्रीय कोषाध्यक्ष कुबेर बस्नेत, उपमहासचिव बामदेव न्यौपाने, केन्द्रीय सचिव श्याम कुँवर, लुम्बिनी प्रदेश सहकोषाध्यक्ष कमल पछाई, एन प्याप्सन बाँके अध्यक्ष किशोरराज मल्ल, क्रीसा बाँकेका अध्यक्ष प्रकाश चन्दलगायतले मन्तव्य व्यक्त गर्दै तालिमले विद्यालय शिक्षालाई बालमैत्री बनाउने धारणा राखेका थिए।
तालिमको सहजकर्ता हिरा केसी र सावित्री बिष्टले सहभागी शिक्षकहरूलाई मन्टेसरी शिक्षण विधिका सिद्धान्त, बालबालिकाको मनोविज्ञान, कक्षा व्यवस्थापन र सिकाइ सामाग्रीहरूको प्रयोगबारे व्यवहारिक प्रशिक्षण दिएका थिए।
करिब ३५ जना शिक्षक–शिक्षिकाको सक्रिय सहभागिता रहेको तालिम समापन कार्यक्रममा अध्यक्ष विष्णु प्रसाद केसीले सहभागी सबैलाई प्रमाण पत्र वितरण गर्दै तालिमबाट सिकेका कुरालाई विद्यालयमा व्यवहारमा उतार्न सबैलाई आग्रह गर्दै आजको कार्यक्रम समापन गरेका थिए।
थप समाचार


स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!