कोहलपुर नगरपालिकाको १२औं स्थापना दिवस भव्य रूपमा सम्पन्न!
स्थानीय
कोहलपुरमा महिला डीएसपीको आगमन, सञ्चार र प्रहरीबीच समन्वय सुदृढ गर्न पत्रकार सम्मेलन!

बाँके जिल्लाको कोहलपुर नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय कोहलपुरमा महिला प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी खनालको आगमनसँगै नगरवासीबीच उत्साह देखिएको छ। प्रहरी संगठनमा महिलाको नेतृत्वको स्वागत गर्दै कोहलपुरवासीले महिला सशक्तिकरणप्रति विश्वास व्यक्त गरेका छन्। २०८२ बैशाख २४ गते इलाका प्रहरी कार्यालय कोहलपुरको जिम्मेवारी सम्हाल्ने उद्देश्यसहित डीएसपी लक्ष्मी खनालले औपचारिक रूपमा पत्रकार सम्मेलनको आयोजना गरेकी हुन । पत्रकार सम्मेलनमा उनले अपराध नियन्त्रण, अनुसन्धानको प्रभावकारिता र सूचना प्रवाहमा सञ्चारमाध्यमको भूमिकालाई विशेष प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिन्। उनको भनाइमा, “समुदाय र प्रहरीबीचको सम्बन्ध मजबुत भए मात्र शान्ति, सुरक्षा र अपराध नियन्त्रण सम्भव हुन्छ। सञ्चारकर्मीहरूसँग नियमित समन्वय गर्दै हामी नागरिकमैत्री प्रहरी प्रणाली निर्माणमा अघि बढ्नेछौं।” कोहलपुरमा महिला डीएसपीको आगमन पहिलो पटक भएकाले खनाललाई दिनप्रतिदिन विशेष स्वागत गरिएको छ। सामुदायिक रेडियो प्रतिबोध एफएमका स्टेशन म्यानेजर हेमन्त बि.क, सामुदायिक रेडियो कोहलपुर एफएमका स्टेशन म्यानेजर कपि अन्जान नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरिले आफ्ना धारणा राखेको थिए । उनले भने हामीले तपाईंलाई स्वागत गर्छौ , यसमा हाम्रो र यहाँहरुको राम्रो सम्बन्ध बनाउन सञ्चारकर्मी र प्रहरी साथीको भावनात्मक शैलीबाट अगाडि बड्न जरुरी भएको बताउदै हामी तपाईंको राम्रो कामको पनि खबरदारी गर्छौ र नराम्रो कामको पनि खबरदारी गर्छौ भन्ने प्रतिबद्धता व्यक्त गरे।
अन्य एक दर्जन भन्दा बढी सञ्चारकर्मीहरूको उपस्थित रहेको थियो केही सन्चारकर्मीहरुले बोल्दै महिला नेतृत्वप्रति आशा व्यक्त गरे। स्टेशन म्यानेजर हेमन्त बि.क ले भने, “प्रहरी नेतृत्वमा महिला अधिकारी आउनु आफैंमा उदाहरणीय छ। हामी सञ्चारकर्मीहरू प्रहरीको सकारात्मक पहलमा साथ दिन सधैं तयार छौं।” त्यसैगरी, कपि अन्जानले प्रहरी–सञ्चार समन्वय आवश्यक रहेको उल्लेख गर्दै भने, “प्रहरी र सञ्चार एक–अर्काका पूरक हुन्। सूचना प्रवाह सशक्त भए मात्र समाजमा विश्वास र सुरक्षा बढ्न सक्छ। ” पत्रकार सम्मेलनमा उपस्थित अन्य सञ्चारकर्मीहरूले पनि सञ्चारमाध्यम र प्रहरीबीचको नियमित संवादले गलत सूचना फैलिन नदिने र जनताको विश्वास अझै बलियो हुने विश्वास व्यक्त गरे। डीएसपी खनालले सञ्चारकर्मीहरूलाई आवश्यक सूचनामा सहज पहुँच दिइने र सहयोगका ढोका सधैं खुला रहने आश्वासन दिइन्। इलाका प्रहरी कार्यालय कोहलपुरको जिम्मेवारी क्षेत्रभित्रको शान्ति सुरक्षा, अपराध नियन्त्रण र प्रभावकारी अनुसन्धानमा आफुले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भनिन्, “महिलाको उपस्थितिले प्रहरी संगठन अझ संवेदनशील र नागरिकमैत्री बन्न सक्छ। सबैको सहयोगमा सकारात्मक परिवर्तन ल्याउने मेरो लक्ष्य हो। ”कोहलपुर नगरपालिकाको विकास, शान्ति र समृद्धिका लागि प्रहरीको योगदान महत्वपूर्ण हुने भन्दै पत्रकार सम्मेलन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। स्थानीय बासिन्दाले महिला डीएसपीको नेतृत्वमा अपराधमुक्त समाज निर्माणको अपेक्षा गरेका छन्। पत्रकार सम्मेलनको समापनमा सहभागी सम्पूर्ण सञ्चारकर्मीहरूले कोहलपुरको समृद्धि र सुरक्षा सुनिश्चित गर्न सामूहिक प्रतिबद्धता जनाएका थिए।
थप समाचार



स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!