कोहलपुरमा बालमैत्री शिक्षाका लागि मन्टेसरी एकदिने तालिम सम्पन्न!
स्थानीय
जनता मा.वि.मा परीक्षाफल प्रकाशन र पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न!

कोहलपुर नगरपालिका वडा नम्बर ३ मैटहवा स्थित जनता माध्यमिक विद्यालयले परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
विद्यार्थीहरूको शैक्षिक प्रगति सार्वजनिक गर्दै उनीहरूलाई प्रोत्साहन गर्ने, उत्कृष्ट कार्य सम्पादन गर्ने शिक्षक शिक्षिकालाई सम्मान गर्ने र विद्यालय–समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश थापाको अध्यक्षतामा प्रमुख अतिथि कोहलपुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष माधव रिजालले ब्यानर परेर गरेका थिए। उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि रिजालले शिक्षा क्षेत्रमा निरन्तर प्रगति गर्दै आइरहेको जनता माविलाई धन्यवाद दिँदै विद्यार्थीको चौतर्फी विकासका लागि अझ समर्पित हुन आग्रह गरे। उनले थपे विद्यालयले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षाले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
कार्यक्रमका विशिष्ट अतिथि कोहलपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर हमालले शिक्षाको जड बलियो पार्न विद्यालय, अभिभावक र शिक्षकबीचको समन्वय अझ मजबुत हुनुपर्ने विचार व्यक्त गरे। शिक्षाको समृद्धिको लागि सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्दै विद्यालयको निरन्तर प्रगतिप्रति शुभकामना व्यक्त गरे।
विशिष्ट अतिथि कोहलपुर नगरपालिका सामाजिक विकास शाखाका संयोजक ईश्वरीप्रसाद बिस्वकर्माले ग्रामीण भेगमा शिक्षाको पहुँच विस्तार गर्न यस्ता कार्यक्रमले प्रेरणा दिने बताए।
अतिथिहरु नेपाल राष्ट्रिय आधारभूत विद्यालय कोहलपुर–१० चटाराका प्रधानाध्यापक पुरण चौधरी, कल्पना कुँवर, वीरेन्द्र कुमार केसी, विष्णुबहादुर केसी, सिता भण्डारी, दिपाश्री भण्डारी, विक्रम सुनार, कमल बस्याल, मित्र पोखरेल, बासु गिरी, सन्तराम थारु लगायतको विशेष उपस्थिति रहेको थियो।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक–शिक्षिका, अभिभावक, विद्यार्थी तथा अन्य सामाजिक अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश थापा र विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर खत्रीले नवगठित समितिमा औपचारिक रूपमा पदभार ग्रहण गरेका थिए। कार्यक्रमको विशेष आकर्षणका रूपमा विभिन्न शैक्षिक, अतिरिक्त क्रियाकलाप तथा अनुशासनमा उत्कृष्टता देखाउने शिक्षक–शिक्षिकालाई सम्मान गरिएको थियो।उनीहरूको सेवा, समर्पण र प्रयासको कदरस्वरूप प्रदान गरिएको सम्मानले उपस्थित सबैको मन छोएको थियो।
विद्यार्थीहरूलाई पनि प्रोत्साहन स्वरूप प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएका थिए। समापन सत्रमा अध्यक्ष थापाले सम्पूर्ण सहभागी, अभिभावक, नगर प्रतिनिधि तथा अतिथिहरूप्रति आभार प्रकट गर्दै विद्यालयको आगामी योजनाबारे जानकारी दिए। उनले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबैको निरन्तर साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्दै शिक्षाको उज्यालो फैलाउँदै लैजाने दृढ अठोट व्यक्त गरे।
थप समाचार


स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!