स्थानीय

सरु बस्नेतको शब्द र रमेश–इब्सलको आवाजमा अर्गानिक लोकदेउडा: ‘म्वाइ खाइदिउ कि चुप्पा खाइदिउ’!

Samayapati

सरु बस्नेतको शब्द र लयमा सजिएको एक मीठो अर्गानिक लोकदेउडा गीत यतिबेला जाजरकोट र कालिकोट मात्रै होइन, सिङ्गो कर्णालीका गाउँ–सहरदेखि राजधानीसम्म सबैको जनजिब्रोमा गुञ्जिरहेको छ।

‘जति सुने पनि फेरि–फेरि सुनिरहन मन लाग्ने’ यो गीतमा स्वर दिएका छन् जाजरकोटका लोकदेउडा गायक रमेशकुमार बस्नेत र कालिकोटका इब्सल सन्ज्यालको गीतको बोल— ‘म्वाइ खाइदिउ कि चुप्पा खाइदिउ’ —सुनिनेबित्तिकै श्रोतालाई आकर्षणमा पार्दै यही सन्देशयुक्त र रमाइलो शैलीले गर्दा गीत सामाजिक सञ्जालमा भाइरल भएको हो।

टिकटक, युट्युब, फेसबुक लगायतका माध्यममा हजारौं प्रयोगकर्ताले यो गीतमा भिडियो बनाइसकेका छन्। पछिल्लो समय बजारमा थुप्रै लोकदेउडा गीतहरू आए पनि ‘अर्गानिक’ स्वाद भएको यो गीतले सबैको ध्यान तानेको छ। परम्परागत रैथाने शैली, मौलिक शब्दको चयन, सादा तर गहिरो लय र स्वरको मिठासले गर्दा गीत छोटो समयमा नै लोकप्रिय बन्न सफल भएको छ। शब्द र लयलााई सरु बस्नेतले गाउँघरको पीडा, मायापिरती, संस्कृति र समसामयिक सन्देशलाई प्रभावकारी ढंगले गीतमा उतारेकी छन् उनी पेशाले पत्रकार पनि हुन।

स्वर्गीय बुवा रिम बहादुर बस्नेत र आमा रामकला बस्नेको सम्झनामा तयार पारिएको यो देउडा गित रमेश बस्नेत  र इब्सल सन्ज्यालको सुमधुर स्वर समन्वयले त्यसलाई झनै जीवन्त बनाएको छ। दुवै गायकले आवाजमार्फत ग्रामीण भेगको भावना प्रस्ट रुपमा व्यक्त गरेका छन्। गीत सार्वजनिक भएको केही दिनमै लाखौँ दर्शकको मन जित्न सफल भएको छ। कतिपयले त यसलाई जाजरकोटको आवाज’ भन्दै सम्मान गर्न थालेका छन्। विशेषगरी युवा पुस्तामाझ यो गीत ‘ट्रेन्ड’ बनेको छ।

गीतको भिडियोमा पनि  मौलिक  संस्कृति र जीवनशैली समेटिएको छ, जसले श्रोताको आँखामा दृश्यचित्र झल्किने बनाउँछ। यसले लोकसंगीतलाई सुन्ने मात्र होइन, हेर्नेसमेत परिपूर्ण अनुभव दिएको छ। गीतको लोकप्रियता देखेपछि सरु बस्नेतले भन्छिन यो गितले आफुलाई हौसला मिनेको र आउदा दिनहरुमा अझ मौलिक र सन्देशमूलक गीतहरू ल्याउने वाचा गरेकी छन्।

गायक रमेश र इब्सलले पनि कर्णाली प्रदेशकै  सांगीतिक पहिचान’ बिस्तार गर्ने लक्ष्य लिएका छन्। ‘म्वाइ खाइदिउ कि चुप्पा खाइदिउ’ जस्ता पंक्तिहरू आज बच्चादेखि बृद्धसम्मको मुखमा सुनिन थालेको छ।

लोकसंगीतप्रतिको जन–झुकाव बढाउँदै, यो गीत ‘अर्गानिक लोकदेउडा’ लाई पुनः जीवन दिने कोशिसका रूपमा हेरिएको छ।


प्रकाशित मिति: सोमवार, बैशाख २२, २०८२, ११:२३:००
प्रतिक्रिया दिनुहोस्