कोहलपुर महोत्सव २०८२: कृषि, पर्यटन र उद्योग एउटै मञ्चमा! जलपरीको नयाँ आकर्षण।
स्थानीय
कोहलपुर महोत्सव २०८२: कृषि, पर्यटन र उद्योग एउटै मञ्चमा! जलपरीको नयाँ आकर्षण।

कोहलपुरमा २०६५ सालदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको भएता पनि यश बर्ष पनि कोहलपुर महोत्सव दिगो बिकासको उत्सब भन्ने मुल नाराका साथ कोहलपुर महोत्सव यहि पौष ९ देखि १८ गते सम्म संचालन हुने भएको छ।
कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी यस वर्ष कोहलपुर महोत्सव २०८२ का रूपमा सञ्चालन हुने सातौँ संस्करणमा प्रवेश गरेको यस महोत्सवले कोहलपुर क्षेत्रको आर्थिक गतिविधि विस्तार, कृषि प्रवर्द्धन, पर्यटन विकास र स्थानीय उद्योगको बजारीकरणलाई स्पष्ट उद्देश्यका रूपमा अघि सारेको छ। पौष ८ गते भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रदीप भट्टराई को अध्यक्षतामा सम्पन्न भएको छ।महोत्सवको उद्घाटन प्रमुख अतिथि चन्द्रप्रकाश ढकालले गर्ने कार्यक्रम तय भएको छ।
आयोजकका अनुसार महोत्सवमार्फत कृषि, पर्यटन, सूचना प्रविधि, विद्युतीय अटोमोबाइल तथा स्थानीय उत्पादनलाई एउटै मञ्चमा प्रस्तुत गरिनेछ। महोत्सव आयोजक समितिका अध्यक्षले कोहलपुर महोत्सव केवल मनोरञ्जनका लागि नभई स्थानीय उत्पादन बिक्री, उद्यमी प्रवर्द्धन र रोजगारी सिर्जनाको प्लेटफर्म भएको स्पष्ट पारे। उनले २०६५ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको यस महोत्सवले किसान, उद्यमी, व्यवसायी र उपभोक्तालाई प्रत्यक्ष जोड्दै आएको बताए। यस वर्षको महोत्सवमा कुल ३०० वटा स्थल रहनेछन्। जसमा २५० वटा व्यवसायिक स्टल, २२ वटा होटल स्टल, १५ वटा पर्यटनिक स्थल, १० वटा विषयगत स्थल, १ वटा थारु गाउँ, तथा १७ वटा होटल तथा रेस्टुरेन्ट समावेश गरिएका छन्।यसले स्थानीय उत्पादनदेखि राष्ट्रिय स्तरका वस्तुसम्मको प्रदर्शनी र बिक्रीलाई सहज बनाउने आयोजकको भनाइ छ।
महोत्सव अवधिभर कृषि प्रवर्द्धन कार्यक्रम, स्थानीय उत्पादन तथा उद्यम प्रवर्द्धन, सूचना तथा प्रविधि प्रदर्शनी, तथा व्यवसायिक अन्तरक्रिया सञ्चालन हुनेछन्। यससँगै किसान, व्यवसायी र उपभोक्ताबीच प्रत्यक्ष संवाद हुने वातावरण तयार गरिनेछ। महोत्सवलाई आकर्षक बनाउन राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकार तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ। साथै यश महोत्सवमा नयाँ आक्रसकको जलपरी, कृषि तथा विज्ञान प्रदर्शनी जस्ता विशेष कार्यक्रमहरू पनि समावेश गरिएका छन्।
प्रवेश शुल्कतर्फ सामान्य टिकट १०० रुपैयाँ र सहुलियत टिकट ८० रुपैयाँ तोकिएको छ। पूर्ण अपाङ्गता भएका व्यक्ति तथा ७० वर्षमाथिका ज्येष्ठ नागरिकहरूलाई निःशुल्क प्रवेश दिइनेछ। सुरक्षा र व्यवस्थापनका लागि महोत्सव स्थलमा सिसी क्यामेरामार्फत २४ सै घण्टा प्रत्यक्ष निगरानी गरिनेछ।
साथै सञ्चारकर्मीहरूलाई समाचार संकलन र रिपोर्टिङका लागि आवश्यक सुविधा उपलब्ध गराइनेछ। अन्त्यमा, आयोजक समितिले महोत्सवलाई जानाजानी बदनाम गर्न फैलाइएका भ्रम, अपराध र भ्रामक प्रचारप्रति ध्यानाकर्षण गराउँदै यस्ता गलत सूचनामा नपर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
थप समाचार



स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!








