कोहलपुर नगरपालिका पुनः प्रथम : राष्ट्रपति रनिङ शिल्डमा चौथो पटक विजयी !
स्थानीय
कोहलपुर १३ सिम्रीमा बिना कारण आगो लाग्ने रहस्यमय घटना : पानीको बाल्टीसमेत बल्यो आगोमा!

कोहलपुर १३ का पृर्थीबहादुर पुनको घरमा एक महिनादेखि निरन्तर एक रहस्यमय र डरलाग्दो घटनाले सबैलाई चकित बनाएको छ।
बिना बिजुली, बिना सलाई, दिनहु आगो आफैँ बल्ने! कपडा, नगद, कागजदेखि पानी हालेको प्लास्टिक बाल्टिसमेत आगो लागेर जलेको देखिएको छ। यो रहस्यमय घटनाले पुनको परिवार मात्र होइन, सिंगो टोल आतंकित छ।
अहिलेसम्म पुनको घरबाट कम्तीमा ३ अटोरिक्सा भरिने जति कपडा जलेर नष्ट भइसकेको छ। दैनिकजसो केही न केही जलीरहने क्रम जारी छ, तर कसरी? किन? कोही जान्दैन।
पृर्थीबहादुर पुन भन्छन्, “आगो लाग्दाको बेला कोही नजिकै हुँदैन। हामी आफैँ हेरिरहेका हुन्छौं, तर कपडामा आगो बलिरहेको देखिन्छ। पानी हाल्दा आगो निभ्ने सट्टा, उल्टै बाल्टी नै जलेर खरानी हुन्छ।
यो घटना सार्वजनिक भएलगत्तै, कोहलपुर नगरपालिकाले यसलाई गम्भीर रूपमा लिएको छ। नगर प्रमुख पूर्ण प्रसाद आचार्य, वडा नं. १३ का अध्यक्ष डमर खड्का, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, नगर प्रहरी र नेपाली काङ्ग्रेस बाँकेका जिल्ला सभापति नारायण गौडेलसहितको टोली घटनास्थल पुगेको थियो।
नगरप्रमुख आचार्यले भने, “यो सामान्य घटना होइन। हामीले घरमा सिसीटिभी क्यामेरा जडान गरी निगरानी बढाउने निर्णय गरेका छौं। वैज्ञानिक र सुरक्षात्मक दृष्टिकोणबाट अनुसन्धान सुरु भइसकेको छ। इलाका प्रहरी प्रमुखका अनुसार, यस्तो घटना पहिलोपटक देखिएको हो। प्रारम्भिक रुपमा प्रहरी, नगरपालिका र स्थानीयको समन्वयमा यथार्थ पत्ता लगाउने प्रयास भइरहेको छ।
घटनालाई लिएर गाउँमा चिसो सास, तातो चर्चा चलिरहेको छ। कसैले यो अदृश्य शक्ति हो भन्छन्, कसैले भूतप्रेतको खेल। कतिपयले त गहिरो षड्यन्त्र हुनसक्ने अड्कल समेत गरेका छन्। घरधनी पुनको अनुहारमा डर, थकान र निराशा मिसिएको देखिन्छ।अब हामी निदाउन डर लाग्छ, बाँच्नुको संघर्ष आगोसँग चलेको छ,” उनले भने।
यो रहस्यमय आगोको यथार्थ पत्ता लगाउने प्रयास चलिरहेका बेला, कोहलपुरको सिम्री टोल एक अनौठो रहस्यको केन्द्रविन्दु बनेको छ। यहाँ प्रत्येक दिन हेर्ने मानिस को घुइचो लाग्ने गरेको देेखिन्छ। आगो आफैँ बल्ने यो घटना अब गाउँको गल्ली पार गर्दै मुलुकभर फैलन थालेको छ।
थप समाचार


स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!