कोहलपुर १५ चौधरिया–र प्रेमपुर बस्तीहरुमा योजना संकलन अभियान, सुरु !
स्थानीय
बैजनाथमा आरन सिप तालिम सम्पन्न, उद्योग स्थापना गर्न पालिकाको तयारी!

बाँके, बैजनाथ — लक्षित वर्गका लागि बैजनाथ गाउँपालिका–६ मा सञ्चालित ३० दिने एड्भान्स आरन सुधार तालिम सम्पन्न भएको छ।
गाउँपालिकाको आर्थिक सहयोगमा सोक्याड कोहलपुरले सञ्चालन गरेको तालिममा ८ जना स्थानीयले कच्चा फलामबाट हसिया, खुकुरी, खुडा, कुटो, चापरजस्ता दैनिक प्रयोजनका सामाग्री बनाउन सिकेका हुन्।
दलित सेवा संघका केन्द्रिय महासचिव कृष्ण बिक रसाइली को अध्यक्षतामा समापन कार्यक्रमका प्रमुख अतिथ बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले समापन सत्रमा बोल्दै परम्परागत आरन सिपलाई आधुनिक प्रविधिसँग जोडेर सामूहिक उद्योगको रूपमा विकास गर्ने योजना सुनाए। “स्थानीय सरकार उत्पादनको बजारीकरणमा समेत सघाउँछ,” उनले भने।
उपाध्यक्ष निर्मला रोकायाले तालिमले सिकेका सिपमार्फत सहभागीहरूले घरमै बसेर मनग्य आम्दानी गर्न सक्ने उल्लेख गरिन्। “यस्ता घरेलु औजारहरूको आवश्यकता कहिल्यै सकिँदैन,” उनले थपिन्।
प्रशिक्षक उमालाल बिकले सहभागीहरूको लगाव र मेहनतको प्रशंसा गर्दै सिकेका सीपको सही प्रयोग गर्न आग्रह गरे। कार्यक्रममा सहभागीहरूसँगै प्रशंसा पत्र ग्रहण गरिएको थियो।
तालिममा सहभागीहरूले आफूहरूले सिकेको सिपबाट स्वरोजगारका सम्भावना देखिएको प्रतिक्रिया दिएका छन्। “पहिला आरनको काम भनेपछि थोरै लाज लाग्थ्यो, अब चाहिँ गर्व लाग्न थालेको छ,” एक सहभागीले भने। परम्परागत सीपलाई व्यवसायिक रूप दिन सुरु गरिएको यस्तो पहलले गाउँमै रोजगारी सिर्जना गर्ने विश्वास सहभागीहरूको छ।
थप समाचार



स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!