कोहलपुरमा गहना निर्माण तालिम सम्पन्न , परम्परा र प्रविधिको संगममार्फत युवाको स्वरोजगार यात्रा!
स्थानीय
कोहलपुरमा गहना निर्माण तालिम सम्पन्न , परम्परा र प्रविधिको संगममार्फत युवाको स्वरोजगार यात्रा!

बाँके, कोहलपुर — स्थानीय सीपको प्रवर्द्धन र स्वरोजगारको सम्भावनालाई मूर्तरूप दिने उद्देश्यले कोहलपुरमा सञ्चालित एक महिने गहना निर्माण सम्बन्धी तालिम आइतबार एक विशेष कार्यक्रमका बीच सम्पन्न गरिएको छ।
मध्य तथा सुदूरपश्चिम सुनचाँदी गहना व्यवसायी सङ्घको आयोजनामा तथा कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न तालिमले कोहलपुरका युवालाई सीपमूलक बनाउँदै परम्परागत गहनासँग आधुनिक प्रविधिको बिकास बाँध्ने महत्वपूर्ण प्रयास गरिएको हो।
मध्य तथा सुदूरपश्चिम सुनचाँदी गहना व्यवसायी सङ्घका अध्यक्ष मानबहादुर सुनारको अध्यक्षतामा भएको उक्त समापन कार्यक्रम बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले स्थानीय सरकारको पहलमा सञ्चालित यस्ता कार्यक्रमहरूलाई कोहलपुरको समावेशी विकासको मेरुदण्डको रूपमा चित्रित गर्दै भने, “सीपयुक्त युवाशक्ति नै आर्थिक समृद्धिको आधार हो। परम्परागत सीपलाई आधुनिकरण गर्दै युवा पुस्तालाई स्वरोजगारमुखी बनाउने प्रयास सराहनीय छ।
विशिष्ट अतिथि नेपाल सुनचाँदी रत्न आभूषण महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष देवीलाल विकले युवाहरूलाई प्रविधिसँग अभ्यस्त बनाउँदै परम्परागत गहना निर्माण कलालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सकिने सम्भावनाको चर्चा गरे। उनले भने, “हाम्रो कला मौलिक छ। यसलाई संरक्षण गर्दै बजारमुखी बनाउनु आवश्यक छ, र यो तालिम त्यसैको सुरुआत हो।
विशिष्ट अतिथी कोहलपुर नगरपालिका सामाजिक विकास शाखाका संयोजक ईश्वरी प्रसाद विश्वकर्माले तालिमको उद्देश्य र औचित्यमाथि प्रकाश पार्दै भने, “परम्परागत सीपमा आधुनिकीकरणको समिश्रण मार्फत युवा पुस्ताको क्षमता विस्तार गर्न यस्ता तालिमहरू अपरिहार्य छन्। हामी यो तालिमलाई भविष्यमा अझ व्यापक बनाउने योजनामा छौं।
बिशुष्ट अतिथी कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप भट्टराईले आफ्नो धारणा राख्दै सीप आधारित तालिमहरूलाई स्थानीय आर्थिक विकासको मुख्य अङ्गका रूपमा हेर्नुपर्ने उल्लेख गरे। उनले नगरपालिकासँगको सहकार्यमा अझ प्रभावकारी योजना अघि सार्न व्यवसायी समुदाय तयार रहेको बताए।
कार्यक्रमका विशेष अतिथि नेपाल सुनचाँदी रत्न आभूषण महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष हर्कबहादुर विश्वकर्मा, महासंघकै प्रदेश सचिव तथा उक्त सङ्घका कोषाध्यक्ष किरण बिक, संघका सल्लाहकार बुद्ध सुनारले गहना व्यवसायमा सीपको महत्त्व र सीप विस्तारको आवश्यकतामाथि आ–आफ्नो धारणा राखे।
यसैगरी दलित सेवा सङ्घका केन्द्रीय महासचिव कृष्ण बिक रसाइलीले सामाजिक रूपान्तरणको सन्दर्भमा सीपमूलक कार्यक्रमको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै दलित समुदायका लागि यस्ता तालिमहरू अझ बढी उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याए। सामुदायिक रेडियो प्रतिबोध एफएमका अध्यक्ष शिव सुनार, स्टेशन म्यानेजर हेमन्त बिक, मध्य तथा सुदूरपश्चिम सुनचाँदी गहना व्यवसायी सङ्घका उपाध्यक्ष गोविन्द विश्वकर्मा, सचिव ईश्वर बिक तथा प्रशिक्षक शङ्कर विश्वकर्माले तालिमको प्रक्रिया, सिकाइको अनुभव र सहभागीहरूको उत्साहबारे आफ्ना विचार व्यक्त गरे।
प्रशिक्षक विश्वकर्माले सहभागीहरूले सिकेका सीप भविष्यमा स्वरोजगारको बाटोमा टेवा पुर्याउने विश्वास व्यक्त गरे। तालिममा सहभागी ११ जनालाई प्रमाणपत्र वितरण गरिएको थियो। सहभागीहरूको अनुहारमा सीपप्रतिको उत्साह, आत्मविश्वास र आगामी यात्राप्रतिको दृढता झल्किएको देखिन्थ्यो। उनीहरूले यस्तो अवसर प्रदान गरेकोमा आयोजक संस्था र नगरपालिकाप्रति आभार व्यक्त गरे। एक महिनासम्म चलेको तालिमले गहना निर्माणमा प्रयुक्त आधुनिक उपकरणको प्रयोग, डिजाइनिङ, परिष्कृत ढाँचाको ज्ञान र व्यवसायिक दृष्टिकोणलाई समेटेको थियो।
कार्यक्रमको समापनमा अध्यक्ष मानबहादुर सुनारले गरेका थिए। उनले सम्पूर्ण अतिथि, प्रशिक्षक र सहभागीप्रति आभार व्यक्त गर्दै भने, “यो तालिम हाम्रो अभियानको पहिलो खुड्किलो मात्र हो। हामी अझ धेरै युवालाई यो अभियानमा जोड्नेछौं र गहना व्यवसायमा एक नयाँ युग सुरु गर्नेछौं।” यसरी, सम्पन्न कार्यक्रमकोउद्घोषण तथा सहजीकरण मध्य तथा सुदुरपश्चिम गहना व्यावसायी संघका महासचिव देउसर सुनारले गरेका थिए।
थप समाचार


स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!