कोहलपुरमा बिट पत्रकारिता तालिम मंगलबार सम्पन्न, पत्रकारहरू विषयगत लेखनमा अभिप्रेरित!
स्थानीय
खजुराको एउटै वडामा १६ जना पाठेघरको क्यान्सरका शङ्कास्पद बिरामी

(नेपालगंन्ज )
बाकेको खजुरा गाउँपालिकाको एउटै वडामा १६ जना पाठेघरको क्यान्सरका शङ्कास्पद बिरामी भेटिएका छन् । खजुरा २ सीतापुर स्वास्थ्य चौकीमा सञ्चालन गरिएको महिला यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा २०३ जना महिलाको स्वास्थ्य परीक्षण गर्दा १६ जना महिलामा पाठेघरको क्यान्सर देखिएको खजुरा गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
सो शिविरमा स्वास्थ्य परीक्षणका लागि आएका २०३ जना महिलामध्ये १३९ जनाको पाठेघरको मुखको क्यान्सरको जाँचगर्दा १६ जनाको भिआइए पोजिटिभ अर्थात शङ्कास्पद पाइएको र पँच जनाको पाठेघर खसेको पाइएको स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसीले बताइन् ।
उनले शिविरमा आएका ७१ जना महिलाहरूलाई पाठेघरसम्बन्धी सर्भिसाइटिस, भ्याजिनाइटिस र भल्भाइटिसजस्ता विभिन्न सङ्क्रमण देखिएको बताइन्।
पाठेघरको शङ्कास्पद क्यान्सर देखिएका र पाठेघर खसेका तथा अन्य सङ्क्रमण भएकाहरूलाई भेरी अस्पतालमा थप परीक्षण र उपचारका लागि रिफर गरिएको सो शिविरमा बिरामीको स्वास्थ्य परीक्षण गर्नु भएका भेरी अस्पतालका वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. उर्मिला पराजुलीले बताइन् ।
उनले सो शिविरमा आएका अधिकांशको पाठेघरमा समस्या देखिएको जनाउँदै सो बारेमा सेचतना फैलाउनु आवश्यक रहेको बताइन् ।
उक्त निःशुल्क शिविरमा भेरी अस्पतालका वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. पराजुली र एचसिआरसी अस्पतालका वरिष्ठ स्त्रीरोग तथा बाझोपन विशेषज्ञ डा. मन्जु बिसी शाह र नेपालगन्ज मेडिकल कलेजका कन्सल्ट्यान्ट फिजिसियन डा. शंकर केसीले महिलाहरूको स्वास्थ्य परीक्षण गरेका थिए ।
सो भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुपले एएफडी एवम् एमडिएम फ्रान्ससंगको साझेदारीमा सञ्चालन गरेको ‘पेसागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’अन्तर्गत गाउपालिकासँगको समन्वयमा आयोजना गरिएको परियोजना संयोजक समद सिद्दिकीले बताए ।
शिविरको समापन गर्दै खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले यस्ता शिविरहरूबाट ग्रामीण क्षेत्रका बिरामीलाई धेरै फाइदा हुने गरेको जनाउँदै अन्य वडामा पनि शिविर सञ्चालन गर्न अनुरोध गरीन् ।
सो अवसरमा वडा नम्बर २ का वडा अध्यक्ष धनराम ओली, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य निरीक्षकहरू नरेश श्रेष्ठ, बिष्णु श्रेष्ठ र शमसुद्दिन, एमडिएम फ्रान्सका कार्यक्रम प्रबन्धक तर्क बहादुर थापा र बिग्रुपका अध्यक्ष डा. इन्द्रबहादुर भण्डारीलगायतको पनि उपस्थिति रहेको थियो ।
थप समाचार

स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!