"राप्ती सोनारी–४ कुम्भरको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय: गुणस्तरीय शिक्षामा उदाहरणीय!"
स्थानीय
कोहलपुर १० र १३ को सीमानामा डुडुवा खोला अन्तरगत पर्ने बन्दामा झोलुङ्गे पुल निर्माण को डिपिआर सर्वे सुरु!
कोहलपुर नगरपालिका वडा नम्बर १० र १३ को सीमानामा रहेको बन्दा खोलामा पुल निर्माणको पहल थालिएको छ।
भौतिक तथा पूर्वाधार मन्त्रालय, लुम्बिनी प्रदेशको पूर्वाधार विकास कार्यालयद्वारा सिभिल वर्क इन्जिनियरिङ कन्सल्टन्टलाई हायर गरी प्रारम्भिक सर्वेक्षण सम्पन्न गरिएको हो।
करिब ५ लाख रुपैयाँको लगानीमा डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार गर्ने योजना रहेको कोहलपुर वडा नम्बर १० का वडा सदस्य भीमप्रसाद पौडेलले समयपाटीलाई जानकारी दिएका छन ।
छलफलमा वडा सदस्य श्यामलाल थारु, स्थानीय पूर्ण्य प्रसाद भट्टराई उब्जा रोकाय लगायतको सहभागिता रहेको थियो। छलफलमा प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै लामो समयदेखिको प्रयासपछि डिपिआरको सर्बेक्षण सुरु भएको छ। डुडुवा खोलाले वर्षातको समयमा बारम्बार बाढी ल्याएर स्थानीय बासिन्दालाई ठूलो क्षति पुर्याउँदै आएको हुदा सवारी साधन र पैदल यात्रुलाई समेत आवागमनमा समस्या पर्ने भएकाले यो पुल निर्माणलाई स्थानीयले बहुप्रतीक्षित योजना मानेका छन्।
वडा सदस्य भीमप्रसाद पौडेलका अनुसार, “डुडुवा खोलाले वर्षेनी दुःख दिइरहेको हुँदा यसमा प्रदेश सरकारलाई धेरै पटक अनुरोध गर्यौं। बल्ल प्रदेश सरकारले डिपिआर सुरु गरेपछि स्थानीयको सपना पूरा हुने आधार बनेको छ। अब यो पुल बनेपछि जनताको आवागमन सहज हुने र बाढीको समस्या अन्त्य हुने विश्वास लिएका छौं।” डुडुवा खोलामा पुल निर्माणपछि नजिकका बस्तीका जनतालाई सुरक्षित आवागमनको सुविधा मात्रै होइन, क्षेत्रीय आर्थिक गतिविधि पनि बढ्ने अपेक्षा गरिएको छ।
स्थानीय पूर्णप्रसाद भट्टराईले पुल निर्माणले रोजगारी र व्यवसायका अवसर समेत सिर्जना गर्ने विश्वास व्यक्त गरे। यस कार्यमा सिभिल वर्क इन्जिनियरिङका सर्वेक्षक हरि ब. वली र विक्रम वलीले डिपिआरको काम सम्पन्न भएसँगै पुल निर्माण कार्यको प्रक्रिया अघि बढ्ने र यसले कोहलपुर क्षेत्रको समग्र विकासमा योगदान दिने आशा गरिएको बताएका छन।
यो पुलले न केवल यातायातलाई सहज बनाउनेछ, तर स्थानीय बासिन्दाको दीर्घकालीन समस्या समाधान गरी विकासको नयाँ अध्याय पनि कोर्नेछ।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!