स्थानीय

भएको दुई टुक्रा वारि पनि साहुले रोजेर लग्यो आज ! (गजल)

Samayapati

 सनत रोकाय कुशे ८ जाजरकोट हाल कोहलपुर बाँके

 

साहुले आएर घरको लालपुर्जा खोसेर लग्यो आज !

घरमा चापी लगाई साहुले छाती ठोकेर लग्यो आज !!

 

कहाँ लगेर जाउ लालाबाला घर परिवार लाई !

भएको दुई टुक्रा वारि पनि रोजेर लग्यो आज !!

 

एक पैसाको हिसाब पनि छोडेन मलाई साहुले !

एक एक गरि घरको सामान जोखेर लग्यो आज !!

 

सबै थोक उठायो साहुले सिन्का पनि छोडेन !

घरको छानोको ढुङ्गा पनि फोडेर लग्यो आज !!

 

पहिरोले त छेउछाउ कतै बाकी छोडेको हुन्छ !

साहुले भने मेरो घर बारी पुरै पुछेर लग्यो आज !!

 


प्रकाशित मिति: शनिवार, माघ १३, २०८०, ०४:१८:००
प्रतिक्रिया दिनुहोस्