स्थानीय

बाँकेको गनापुरमा प्रहरीले गोली चलायो ।

Samayapati

 बाँकेको जानकी गाउँपालिका गनापुरमा प्रहरीले लागु औषध कारोवारीलाई नियन्त्रणमा लिन गोली चलाएको छ । आज बिहान करिब १० बजेको समयमा लागु औषध कारोबारीलाई नियन्त्रणमा लिनको लागि प्रहरीले गोली चलाएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक एसपी तुलबहादुर कार्कीले गोली चलाएर दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरिएको पुष्टि बताए । कोहलपुर नगरपालिका–१२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरेर ब्युरोले टोलीले पक्राउ गरेको छ । परियारको खुट्टामा गोली छ भने उनीसँगै प्रहरीले प्रमोद कार्कीलाई समेत पक्राउ गरेको छ ।


प्रकाशित मिति: बिहिवार, बैशाख २७, २०८१, ११:४१:००
प्रतिक्रिया दिनुहोस्