स्थानीय

बालमन्दिर जग्गा हिनामिना प्रकरण २० जनाविरुद्ध पक्राउ पुर्जी जारी ।

Samayapati

काठमाण्डौको बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

सीआईबीले जिल्ला अदालत काठमाण्डौबाट नेपाल बाल सङ्गठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जीको अनुमति लिएर पुर्जी जारी गरेको हो ।

२०४९ सालदेखि २५ वर्षसम्म बाल सङ्गठनको अध्यक्ष रहँदा रीता वैद्य र उनको कार्यसमितिका पदाधिकारी एवम् कर्मचारीको मिलेमतोमा बालमन्दिरको जग्गा हिनामिना भएको देखिएको सीआईबीले जनाएको छ । पहिले ५९ वर्षका लागि बालमन्दिरको जग्गा बृहस्पति विद्या सदनलाई जग्गा लिजमा दिएको र त्यो जग्गा हिनामिना भइरहेको पाइएको छ ।

बालमन्दिरको जग्गा बृहस्पतिलाई भाडामा दिँदा प्रतिस्पर्धा नै गराइएको थिएन । पहिले भएको सम्झौताको म्याद २०८८ सालसम्म थियो । तर म्याद सकिन १६ वर्षअघि नै २०७२ सालत जेठ २१ गते सङ्गठनले थप ४३ वर्ष बृहस्पतिलाई नै दिने सम्झौता गरेको थियो ।


प्रकाशित मिति: बिहिवार, बैशाख २७, २०८१, ०५:०३:००
प्रतिक्रिया दिनुहोस्