स्थानीय

अत्यधिक चिसोका कारण जाजरकोटकी भुकम्प पीडित शर्मीला चदाराको मृत्यु ।

Samayapati

भूकम्पका कारण  घर क्षति भएपछि  त्रिपालमुनि बस्दै आएकी जाजरकोट नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट कठाङ्गृरिएर मृत्यु भएको छ। उनी सुत्केरी भएको करिब एक  महिना हुन लागेको थियो तर चिसो सगै खानपिनको सम्मार नपाएपछि उनको मृत्यु भएको हो।

स्थानीय टेकबहादुर नेपालीले सुत्केरी चदाराको सोमबार राति चिसोबाट मृत्यु भएको जानकारी दिए। नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भने, ‘घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट नै मृत्यु भएको खबर आएको बताएका छन ।  गत कात्तिक १७ गते नै राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका थिए। भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरूपमा क्षति भएको र ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ।

साभार रासस जाजरकोट।


प्रकाशित मिति: सोमवार, मंसिर ११, २०८०, ०३:०६:००
प्रतिक्रिया दिनुहोस्