स्थानीय

कर्णाली प्रदेशका अर्थ मन्त्री बेदराज शिहले जाजरकोटमा गएको भुकम्पका कारण गुमाए आफ्नी अविवाहित बिहिनी उप मेयर शिह।

Samayapati

नेपालको मध्यपश्चिम बिकट पहाडी क्षेत्र कर्णाली प्रदेश अन्तरगत पर्ने जाजरकोट जिल्लाको रामीडांडा तथा नायकवडा क्षेत्रमा  केन्द्रबिन्दु रहेको ६ं.४ रेक्टर स्केलको भुकम्पले ठुलो जनधनको क्षती तुल्याएको छ ।

११-४८ अथवा मध्यरातको समयमा भुकम्प गएको र सोही  समयमा मानिसहरु घर भित्र  सुतिरहेको अबस्थामा  घरहरु भत्किएर पुरिएर अहिले सम्मा जाजरकोटमा मात्र  ९२ जनाको ज्यान गएको छ भने छिमेकी जिल्लाम क्षेती भएको छ।  रुकुम जिल्लाका प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार भुकम्पले घरहरु भत्किएर च्यापिएर पश्चिम रुकुमको आंठबिसकोट नगरपालिका वडानम्बर ११ कि स्थानिय ३५ बर्षिय लक्ष्मी बिक र उनका ४ जना नाबालक छोरीहरु सहित अहिले सम्मा ३६  जनाको मृत्यू भएको स्थानियले प्ररारम्भिक जानकारी दिनुभएको र घटना क्षे्त्रमा प्रहरी परिचालित भइसकेको जानकारी दिनुभएको छ ।

त्यसैगरि जाजरकोट जिल्लाको बिकट क्षेत्र कुंशे गाउंपालिका आसपास क्षेत्रका वडाहरुमा घरहरु चर्किय पनि मानवीय क्षेती नभएको र सबैलाई सुरक्षीत रहना सबैलाई आग्रह गर्दै उद्वारमा आफू लगायत कुशे गाउँपालिका लागिरहेको बताउनु हुन्छ कुशे ९ का वडा अध्यक्ष शिबराज गिरी त्यस्तै कुशे  ७ धनरासीका २४ बर्षिय अमृत पुन मगरको घर भत्किएर च्यापिदा अमृत सहित निजको २४ बर्षिय श्रीमती भगवती पुन, १ बर्ष की छोरी मानसीका पुन र एक जना छिमेकी बच्ची सहित ४ जनाको मृत्यू भएको छ ।

कणाीली प्रदेशका अर्थ मन्त्री बेदराज सिंहकी  अविवाहित बहिनी जाजरकोटको नल गाड़ नगरपालिकाको उप–मेयर सरिता सिंह जाजरकोट सदरमुकाम खलंगा स्थित आफनै घरमा सुतिरहेको अवस्थामा उप–मेयर सरिता भुकम्पले घर भत्कि च्यापिएर घाईते भएको मा उपचारको क्रममा मृत्यु भएको छ ।

 जाजरकोट कै सदरमुकाम खंलंगामा ठुलो जनधनको क्षती भएको छ भने भुकम्पको केन्द्रबिन्दु रहेको ५० किमि उत्तर जुम्ला नजिकको बिवरण आउन केही समय लाग्ने देखिन्छ । भुकम्पले् घर भत्किएर घाईते भएकाहरु मध्य हालसम्म जाजरकोट सदरमुकाम वरीपरीबाट कम्तीमा २० जना गम्भिर घाईतेहरु भएर जिल्ला अस्पतालमा भर्ना भएर उपचार गराईरहेका छन ।

जाजरकोटको जिल्लाको सदरमुकाम खंलगााबाट करिब ५० किमी उत्तर पश्चिमका रहेको जुम्ला नजिकको बिकट ग्रामिण क्षेत्र बारेकोट गाउंपालिकाको वडानम्बर १ मा पर्ने रामीडांडा र नायकवडा क्षेत्रमा रहेका करिब ६० प्रतिशत भन्दा बढी कच्ची घरहरु भत्किएका छन । राती घर भित्र मानिसहरु सुतीरहेको समय भुकम्प गएको समय परेकाले घाईते र मृर्तकहरुको संख्या बढने घटनास्थलबाट प्राप्त बिवरणहरुमा उल्लेख गरिएको छ । भुकम्पको केन्द्रबिन्दु भएको रामीडाडा) क्षेत्रमा टेलीफोन अवरद्ध रहेको र घरहरु पनि टाडा-टाडा रहेका र हिमालको काखमा रहेको चिसो मध्य रातको समय सहयोगको याचना गरेको भएपनि जान नसकिएको घटना हुना बित्तिकै उद्धार कार्यमा जुटेको जिल्ला स्थित सुरक्षा निकायका ब्यक्तिहरुले जानकारी दिनुभएको छ । शुक्रबार राति ११:४७ वजे नेपालगञ्ज र यसको वरपर भुकम्पको झटका महसुस गरिएकोमा नसुतेका ब्यक्ति घर बाहिर निस्किएका थिए ।

भुकम्प पछी कर्णाली प्रदेशको सदरमुकाम सुर्खेत जिल्लाको सदरमुकाम बीरेन्द्रनगर आपिास भएर करिब ४ रेक्टर स्केल सम्मका पराकम्पनहरु पनि गएका छन । भुकम्पले भएको क्षतीको एकिन बिवरण आउन केही समय लाग्ने उद्धार कार्यमा संलग्न सयुक्त सुरक्षाकर्मि एवम स्थानिय बासिन्दाहरुले जानकारी दिएका छन ।


प्रकाशित मिति: शनिवार, कार्तिक १८, २०८०, १०:०१:००
प्रतिक्रिया दिनुहोस्