युडिएल : सिकाइको विश्वव्यापी ढाँचा’ विषयक तालिम सम्पन्न, सहभागी शिक्षकलाई प्रमाणपत्र वितरण!
स्थानीय
धुमधामका साथ ‘मोहम्मद डे’ मनाईदै ।

ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैही वसल्लमको जन्मदिन अर्थात ‘मोहम्मद डे’ देश विदेशमा रहेका ईस्लाम धर्मावलम्बीहरुले धुमधामले मनाउदै छन् ।
ईस्लामीक क्यालेण्डर हिजरी सम्वतको तेस्रो महिना रविउलअव्वलको अरबी १ तारिखदेखि १२ तारिखसम्म टोल गल्ली सजावट गर्ने र आज बिहीबार १२ तारिखको दिन मोहम्मदी जुलूस निकाल्ने मुस्लिम समुदायको चल्न रहेको छ ।
यसै चलन अनुसार बाँकेमा रहेका ईस्लाम धर्मावलम्बीहरुले विभिन्न स्थानबाट नेपालगञ्जमा जम्मा भएर बिहानैदेखि बाजागाजा र झण्डासहित नेपालगञ्ज नगरको परिक्रमा गरेका छन् ।
नेपालगञ्जमा गल्ली र सडकहरु सजिनुका साथै सडकमा गुड्ने सवारी साधनमा समेत मदीना नामको झण्डा लगाइएको छ । नेपालगञ्जका मुस्लिम समुदायका मुसलमानहरुले आ–आफ्नो घरमा मदिनाको फोटो र सरकारकी आमद मरहबा लेखिएको झण्डा लगाएका छन् ।
सो अवसरमा धार्मिक प्रवचन गर्नुका साथै घरटोल र मस्जिदलाई सजाउदै इस्लाम धर्मका प्रवर्तक मोहम्मद सल्लललाहो अलैहेवसल्लमको शुभ जन्मोत्सव अर्थात मोहम्मद डे धुमधामका साथ मनाईदै छ् ।
बिहानैदेखि शुरु भएको जुलुस दिउसो २ बजेसम्म चल्ने नेपालगञ्जका मुस्लिम अगुवा मेराज अहमद ९हिमालय०ले बताए । जुलुसमा बालबालिकादेखि ज्येष्ठ नागरिकको समेत सहभागिता रहेको छ ।
मुस्लिम अगुवा ९हिमालय०का अनुसार यो जुलुस जामामस्जिददेखि घोसीटोल, फुल्टेक्रा, आँखा अस्पताल, डिएसपीरोड, एमपी स्कुल, रानी तलाउ, एकलैनी, त्रिभुवनचोक, वीपीचोक धम्बोजी हुँदै न्युरोडपछि गौसीया मस्जिदमा गएर समापन हुने कार्यक्रम रहेको छ ।
थप समाचार


स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!