स्थानीय

बादी समुदाय हक अधिकार सामाजिक न्याय , आत्मसम्मान र आर्थिक विकास विषयक अन्तरक्रिया सम्पन्न

Samayapati

बादी समुदाय हक अधिकार सामाजिक न्याय , आत्मसम्मान र आर्थिक विकास विषयक अन्तरक्रिया कार्यक्रम बाँकेको बैजनाथ गाँउपालिका रामपुरको सभाहलमा सम्पन्न भएको छ । सामुदायिक सशक्तिकरण तथा रुपान्तर (कमिट)नेपाल आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य शुशिला नेपालीले बादी समुदायहरुले अहिले पनि राज्यबाट आत्मसमान , हक अधिकार र सामाजिक न्याय नपाएको बताइन । अहिले पनि गैरदलितहरुले हामीलाई हेर्न दृष्ट्रिकोण फरक रहेको बताइन । त्यसलाई कम गर्न संघिय , प्रदेश र स्थानियतहले बादी समुदायलाई बढी प्राथमिक्तामा राखि बजेट विनियोजित गरि शिक्षा ,रोजगार ,व्यवसायिक सिपमुलक तालिम संचालन गर्नुपर्ने बताइन ।
विशिष्ट अतिथि बैजनाथ गाँउपालिका उपमेयर निर्मला रोकायले बैजनाथ गाँउपालिका रहेका बादी समुदायलाई माथि उठाउन उनीहरुलाई पालिकाले बजेट बिनियोजित गर्ने प्रतिबद्धता व्यक्त गरिन । उक्त समुदाय पनि सक्षम हुन आवश्यक छ । त्यसैले बादी समुदायका सबै बालबालिका र युवाहरु शिक्षा जोडदिनु पर्ने बताइन । शिक्षा भएकामा मात्र पालिकाले यो आ.ब.मा के कस्ता कार्यक्रम विनियोजित भयो भन्ने कुरा थाहा हुने बताइन । यदी नछुटाएकाको खण्डमा बजेट विनियोजित गर्न आवाज उठाउनु पर्ने बताईन । शिक्षा भए मात्र उद्यमशिल बन्न सफल हुने भएकाले शिक्षामा जोडदिनु पर्ने बताईन । कार्यक्रममा सामुदायिक सशक्तिकरण तथा रुपान्तर (कमिट)नेपालका अध्यक्ष केशब नेपालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बैजनाथ गाँउपालिका वडा न. १का वडा अध्यक्ष रुप बहादुर मल्ल ,२का वडा अध्यक्ष राजु रुचाल ठकुरी , ४का वडा अध्यक्ष प्रेम बहादुर शाही ,कमान सिंह् सुनारको समेतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित मिति: शुक्रवार, आश्विन ५, २०८०, ०५:१७:००
प्रतिक्रिया दिनुहोस्