स्थानीय

आवधिक योजना र दीर्घकालिन सोच निर्धारण सम्बन्धी कार्याशाला

Samayapati


कोहलपुर १० साउन , कोहलपुर नगरपालिकाको प्रथम आवधिक नगर विकास योजना तर्जुमा , दीर्घकालिन सोच निर्धारण तथा स्थिति विश्लेषण कार्यक्रम सम्बन्धी तीन दिने कार्याशाला शनिबार देखि शुरु भएको छ । कोहलपुर नगरपालिकाको सभाहलमा शुरु भएको कार्याशालामा नगर प्रमुख र उपप्रमुख सहित नगरकार्यापालिकाका सम्पूर्ण सदस्यहरु ,प्रमुख प्रशासकीय अधिकृत सहित सम्पूर्ण शाखा र विषयगत शाखाका प्रमुखहरु ,रानीतिक दलहरुका कोहलपुर नगरपालिका स्तरीय प्रमुख तथा प्रतिनिधिहरु सो कार्याशाखामा सहभागी रहेका छन् ।
कोहलपुर नगरपालिकाको २०७४ सालमै प्रोफाईल बनेको भएतापनि त्यसको आधारमा आवधिक योजना बन्न नसकेको स्वीकार गर्दै नगर प्रमुख रावतले विगतमा केही कमिकमजोरी रहे पनि अब आवधिक योजना बनाएर अगाडि बढ्नुको विकल्प नरहेको बताए । रावतले भने, ‘ नगरवासीहरुले हामीलाई मतदान गर्दा गरेको अपेक्षा पाँच वर्ष पछि हाम्रो नगरपालिका राम्रो नगरपालिकाका रुपमा देखन पाइओस भन्ने थियो त्यसलाई हामीले पुरा गर्नु पर्दछ ’ ।
कार्याशालाको पहिलो शत्रमा स्थानीय सुशासन विज्ञ एवं योजना विद् प्रेम प्रसाद दवाडीले स्थानीय तहले तर्जुमा गर्नु पर्ने योजना, त्यसको क्षेत्रगत विषय, क्षेत्र निर्धारण, आवधिक योजना, मध्यकालिन खर्च संरचना, वार्षिक योजना,बजेट तथा त्यसको खर्च प्रणाली,स्थानीय सरकारको नीति, आवधिक योजना र वार्षिक योजना बीचको अन्तर सम्बन्ध स्थानगत योजना, भू उपयोग योजना, बस्ती विकास सम्बन्धी योजना बनाउँदा विषेश ध्यान दिनु पर्ने सैद्धान्तीक अवधारणहरुको बारेमा सहजीकरण गरेका थिए ।


प्रकाशित मिति: आइतवार, श्रावण ११, २०७७, ०१:५४:००
प्रतिक्रिया दिनुहोस्