स्थानीय

जनताले साथ दिए भने कुशे ९ ले फट्को मार्छ अध्यक्ष गिरी ।

Samayapati

कुशे गाउँ पालिका वडा नम्बर ९ का वडा अध्यक्ष शिबराज गिरी पालिकाकै एउटा युबा र सक्रिय वडा अध्यक्षका रुपमा चिरपरचित छन।

उनीले आफु वडा अध्यक्ष भएदेखी एक बर्षको अन्तररालमा थुप्रै कामहरु भएको र अझै धेरै भन्दा धेरै कामहरु गर्न बाकी रहेको बताएका छन। उनीले आफ्नो वडा समृद्ध बनाउने उदेश्यले वडाका हरेक गतिविधि र बिकासलाई समेट्ने गरि आफू र आफ्नो टिम लागि पर्ने बताएका छन ।

मानव जिबनका लागि अति आबश्यक पर्ने स्वास्थ्य, शिक्षा, र खाने पानी भएकोले आफुले यसलाई नै पहिलो रोजाइमा राखेको अध्यक्ष गिरीले बताएका छन ! आफुले पटक - पटक आफ्नो  वडाका कर्मचारी बिद्यालयका शिक्षक , शिक्षिका लगायत स्वास्थ्य सस्थाका कर्मचारीहरुलाई पनि आफ्नो काम कर्तव्य र अधिकारलाई नभुली सदैब क्रिर्याशिल  रहन समेत अपिल गरेको उल्लेख गरेका छन।

जनताले साथ दिए अबका दिनहरुमा आफ्नो वडामा अझै थुप्रै कामहरु गर्न बाकी रहेको र यसमा लागि आफू प्रदेश र संघिय सरकार संग पनि आफ्नो लाग्दो पुग्दो र सक्दो पहल गर्ने समेत बताएका छन। वडा कार्यलयमा आउने सेवाग्राहीहरुलाई कुनै कुराको पनि सेवामा बन्चित नहुने बताउदै बृद्धअबश्थाका आमा बुवा , अपांग, असक्त, महिलाहरूलाई अझ बढी आफुले ध्यान दिएको समेत उल्लेख गरेका छन। अध्यक्ष गिरीका अनुसार चुनाबको बेला जनता संग गरेका बाचा पूरा गर्न आफू अहोरात खटिने र आउदो चार बर्ष सम्मा कुशे ९ लाई एउटा नमुना वडाको रुपमा चिनाइ अबस्य जनताको मन जित्ने समेत बताएका छन।


प्रकाशित मिति: बुधवार, श्रावण ३१, २०८०, ०८:११:००
प्रतिक्रिया दिनुहोस्