स्थानीय

शिबशक्ती आधारभुत बिद्यालयमा विभिन्न अतिरिक्त क्रियाकलाप समिती गठन।

Samayapati

कोहलपुर ४ अषाढ २०८०

कोहलपुर २ प्रेमनगरमा रहेको शिबशक्ती आधारभुत बिद्यालयले विभिन्न अतिरिक्त क्रियाकलाप समिती गठन गरेको छ। बिद्यालयले बिद्यार्थिहरुको क्षमता बिकास र अनुशासित लगनशिता बनाउनका लागि सो समिती गठन गरेको हो। विधालयलाई व्यवस्थित बनाउनका लागी यस्ता किसिमका समितीहरु आवश्यक रहेकाले समिती गठन गरिएको बिद्यालयका प्रधानाध्यापक बर्दिनाथ सापकोटाले समयपाटीलाई जानकारी दिए । अर्जुन पुनको अध्यक्ष्यतामा २१ सदस्यीय बाल क्लब , मन्जु शाहिको अध्यक्षतामा किशोरी क्लब , धिरज मल्लको संयोजकत्वमा १५ सदस्यीय सास्कृतिक समिती , सृष्टि बुढाको संयोजकत्वमा १३ सदस्यीय साहित्य तथा कला , सदन बिभाजनमा सदन संयोजकहरु मध्येबाट ( माछापुच्छ्रे सदनबाट गोबिन्द् बिक को संयोजकत्वमा ५ सदस्यीय गठन, अन्नपूर्ण सदनमा कुशलराज गिरी को संयोजकत्वमा ५ सदस्यीय गठन, धौलागिरी सदनमा अर्जुन पुनमगरको संयोजकत्वमा ५ सदस्यीय गठन, सगरमाथा सदनमा आजित कुमारको संयोजकत्वमा ५ सदस्यीय गठन, स्मारिका पौडेलको संयोजकत्वमा २१ सदस्यीय गठन र स्काउट संयोजक अमित कुमार रहेका छन।


प्रकाशित मिति: सोमवार, असार ४, २०८०, ०२:४९:००
प्रतिक्रिया दिनुहोस्