युडिएल : सिकाइको विश्वव्यापी ढाँचा’ विषयक तालिम सम्पन्न, सहभागी शिक्षकलाई प्रमाणपत्र वितरण!
स्थानीय
नरैनापुरका अग्नि पिडितलाई संघीय सासद ढकालको सहयोगमा राहत वितरण।

सरला सुबेदी
बाँके । नरैनापुरका अग्नि पीडितहरुलाई राहत वितरण गरिएको छ । मङ्गलबार नरैनपुरस्थित जमुनाह गाउँमा अग्नि पीडितहरुलाई नेकपा एमाले क्षेत्र नम्बर १ का माननीय सुर्य ढकालको आर्थिक सहयोग र बिकास संम्वाद, समृद्धिको बाटो नामक सस्थाको आयोजनामा स्थलगत अनुगमन गरि राहत वितरण गरिएको हो । गत बैशाख र यहि जेठ १४ गते नरैनापुरको जमुनाह , जनतापुर , गेग्ली , जयरामपुर्वा र नौसारामा मा भएको आगलागीमा परेका २१ घर परिवारलाई खाद्यान्न सहित लत्ताकपडा बितरण गरिएको हो।
बाँके जिल्लाको बिकट मानिने नरैनापुरमा बर्सेनि आगोलागि हुन्छ स्थानियको घरबास उजाडिन्छ सबै भन्दा पहिले त्यहाँका स्थानियको घाउमा मलम लगाउन सुर्य ढकाल सबै भन्दा अघि पुग्छन् । किनकी स्थानिय जनताको हर सुखदुःखमा साथ दिने बचनबद्दता ढकालले गरेका छन् । सधैको आगलागि अनि त्यसबाट स्थानियले पाउने गरेको दुखलाई अब सधैको लागि अन्त गर्न खरका सबै छाना हटाई तिनको छानामा रुपान्तरण गर्ने आफ्नो योजना रहेको उनले बताएका छन् । उनले स्थानीय नेता कार्यकर्ता र अग्रजलाई बास्तबिक अग्नि पिडितहरुको पहिचान गरि नाम लिस्ट तयार पारेर दिन समेत आग्रह गरेका छन् ।
आगलगीबाट सबै धनजन गुमाएका पीडितहरुले खाद्यान्न सहित तन्ना र ब्लान्केट राहत पाएपछि भाबुक हुँदै राहत उपलब्ध गराउने सम्पूर्ण निकायलाई हार्दिक धन्यवाद समेत प्रदान गरेका थिए । राहत वितरण कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य प्रेम भुषाल, पुजन बिश्वकर्मा, युवा संघ नेपालका केन्द्रिय सचिव खेम खर्मा, जिल्ला सचिव रमेश मिजार, नेकपा एमाले जिल्ला सदस्य सुर्य रोकाय अनेरास्ववियु केन्द्रिय सदस्य सुमन घिमिरे , बिकास सम्बाद समृद्धिको अध्यक्ष माया गौतम सचीव उर्मिला पाण्डे , सदस्य शान्ती थापा, गङ्गा बगाले मुना कठायत लगायत नेकपा एमालेका रामकुमार दिक्षित सोहनलाल यादब , कृष्ण भुषाल लगायत स्थानिय नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो।
थप समाचार

स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!