युडिएल : सिकाइको विश्वव्यापी ढाँचा’ विषयक तालिम सम्पन्न, सहभागी शिक्षकलाई प्रमाणपत्र वितरण!
स्थानीय
बाँकेको नरैनापुरमा आगलागीबाट ११ घरगोठ जलेर नष्ट, १७ लाख रुपैयाँभन्दा बढीको क्षति ।

बाँकेको नरैनापुर गाउँपालिका–५ को जमुनहा गाउँमा हिजो आगलागी हुँदा ११ वटा घर र एउटा गोठ जलेर नष्ट भएको छ । आगलागीबाट १७ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।
स्थानीय केशव यादवको गोठबाट सुरु भएको आगलागीबाट जब्बर खाँ, रञ्जु यादव, बिहारीलाल कुम्हर, सलमान खाँ, राजकरण कुम्हार लगायत ११ जनाको घर र फकिरे खाँको गोठमा पूर्ण क्षति पुगेको भगवानपुरका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो । दिउँसो १२ बजेदेखि सुरु भएको आगलागी ३ बजे नियन्त्रणमा आएको थियो ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी, गाउँपालिकाको दमकल, नेपालगञ्जको दमकल र स्थानीयवासीको सहयोगमा आगो निभाइएको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो ।
पीडितहरुलाई पालिकाका तर्फबाट सहयोग गर्ने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताउनुभयो ।
प्रकाशित मिति: सोमवार, जेठ १५, २०८०, ११:४८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार

स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!