युडिएल : सिकाइको विश्वव्यापी ढाँचा’ विषयक तालिम सम्पन्न, सहभागी शिक्षकलाई प्रमाणपत्र वितरण!
स्थानीय
बैजनाथ गाउँपालिका वडा न ४ मा चैते धान रोपाई गरियो ।
बैजनाथ गाउँपालिका वडा न ४ मा चैते धानको रोपाई गरिएको छ । बैजनाथ गाउँपालिका वडा नं ४ स्थित बोडिंड. बस्तीमा ३० कठ्ठामा चैते धान रोपाई गरिएको हो । स्थानीय उत्पादन बढाउने बैजनाथ गाउँपालिकाको लक्ष्य र उद्येश्य रहेको बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले बताईन् । बैजनाथ गाउँपालिकाका किसानहरुलाई चैेते धान खेती तर्फ आर्कषित गर्ने उद्येश्यले कृषि शाखा मार्फत किसानहरुलाई धानको बिउ सगै आबश्यक परामर्श समेत उपलब्ध गराउदै आएको बताईन् । बैजनाथ गाउँपालिकाका बाझा खेतहरुमा बिभिन्न बाली लगाउने र बैजनाथ गाउँपालिकाका कृषि पकेट क्षेत्रका रुपमा बिकास गर्ने उद्येश्य आफुहरुको रहेको र सोही उद्येश्य अनुसार नै आफुहरु काम गरिरहेको रोकायले बताईन् । बैजनाथका ८ वटै वडामा रहेको करिब ५ बिगाह जग्गामा चैत धान रोपाई गरिएको रोकायले बताईन् । अन्य धानको तुलनमा चैते धानको उत्पादन राम्रो हुने खानका लागि पनि राम्रो हुने भएकाले बैजनाथका अधिकास किसानहरुले चैत धान लगाउन सुरु गरेको रोकायले बताईन् ।
कृषिकहरुको यान्त्रीकरणमा केन्द्रित गराउन पालिका अध्यक्ष कृषक सँग कार्यक्रम संचालन गर्ने तयारीमा पालिका रहेको बैजनाथ गाउँपालिका वडा ४ का वडा अध्यक्ष प्रेम बहादुर शाहीले बताए । बिगतका बर्षहरु देखि नै बैजनाथ गाउँपालिकाका किसानहरुले चैते धान लगाउन सुरु गरेको बताए । चैते धान समयमै रोपेर मलखाद र पानी व्यवस्थापन गर्न सक्दा बढीभन्दा बढी उत्पादन गर्न सकिने भएकाले पनि किसानहरुले चैते धान लगाउन सुरु गरेको शाहीले बताए । बेमौसमी बाली तथा तरकारी उत्पादन गर्ने किसानहरुलाई पालिकाले प्रोत्साहन गर्ने बैजनाथ गाउँपालिकामा वडा न ४ मा रहेका किसानहरुलाई प्रयाप्त मात्रामा सिचाईको ब्यबस्थापन गर्ने शाहीले बताए ।
प्राधामन्त्री कृषि आधुनिक परियोजना अन्र्तगत धान जोन बाँके बैजनाथ गाउँपालिका कृषि बिकास शाखाको प्रतक्ष्य निगरानीमा रारा प्राबिधिक कृषक समुहले चैते धानको रोपाई सुरु गरेको बैजनाथ कृषि विकास शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माले बताए । हर्दी नाथ जातको धान अहीले किसानहरुले लगाईरहेको बताए । कृषि यन्त्र एवम् बिउविजनमा अनुदान, प्राविधिक सहयोग प्रदानका कारणले गर्दा बैजनाथ गाउँपालिकामा चैते धानको क्षेत्रफल र उत्पादन बढ्दो अबस्थामा रहेको बिश्वकर्माले बताए ।
थप समाचार

स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!