स्थानीय

नेपाल आदिबासी जनजाति महासंघको जनजाति लक्षित अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

Samayapati

बाँकेको कोहलपुरमा नेपाल आदिबासी जनजाति महासंघले जनजाति लक्षित अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ।कोहलपुर नगरपालिकाको आर्थिक सहयोग र नेपाल आदिबासी जनजाति महासंघले कोहलपुर नगरभित्रका करिब २०० जना आदिबासी जनजातिहरुलाई जनजाति लक्षित अभिमुखिकरण कार्यक्रम संचालन गरेको हो ।

यस कार्यक्रमका प्रमुख अथिति कोहलपुर नगरपालिकाका नगरप्रमुख पुर्ण प्रशाद आचार्यले पानसमा बत्ति बालेर कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख आचार्यले आदिबासी जनजातिले आफनो मातृभाषा र परम्परा र रितिरिवाज सास्कृतिक पहिचान बोकेको जाति हो । आदिबासी जनजातिहरुले मौलिक नेपाली सस्कृतिको जगेर्ना गदै आइरहेको छ यिनीहरुको आफनै किसिमको भेषभुषा ,सस्कृति छ । यी भेषभुषा र सस्कृतिले नेपाललाई सुन्दरता प्रदान गरेकाले लोभ हुदै गईरहेको सस्कृतिलाई जगेर्ना गरेकोमा विशेष धन्याबाद दिएका थिए । यी आदिबासी जनजातिहरुका हकअधिकारका लागी स्थानिय सरकार कहिल्यै पछि नहट्ने प्रतिबद्धता प्रमुख अतिथि आर्चार्यले व्यक्त गरेका थिए ।

त्यस्तै कोहलपुर नगरपालिकाका सामाजिक विकास संयोजक ईश्वरी प्रशाद विश्वकर्माले आदिबासी जनजातिहरुले आफनो समुदायको हकहितको संरक्षण सबद्र्धन र शसक्तिकरणका सम्बन्धमा भएका व्यवस्थाहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन भए नभएको अध्ययन अनुसन्धान गरि सबैको सयुक्त रुपमा मुद्धा अगाडी बढाएमा सहज हुने बताए ।

कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल , कोहलपुर नगरपालिकाका प्रबक्ता तथा वडा न. १४का वडाअध्यक्ष नम बहादुर  आले ,कोहलपुर वडा न. ७का वडा अध्यक्ष ठग्गा थारु , कोहलपुर वडा न. ५का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ , प्रशक्षिक प्रेम ब. गुरुङ्ग,प्रशिक्षक बक्ताहरु मगर संघका जिल्ला अध्यक्ष भुपेन्द्र पुन मगर , आदिबासी जनजातीका नेता राजेन्द्र श्रेष्ठ , कोहलपुर नगरपालिका कार्यपालिका सदस्य नरेश बान्तावा राई, भाषा विज्ञ गगन थापा मगर ,नेपाल आदिबासी महासंघका अध्यक्ष मगंल थारु , डम्बर ब. थापा मगर लगायतको सहभागिता रहेको सो कार्यक्रमको अध्यक्ष कृष्ण ब. पुन मगरले आदिबासी जनजाति समुदाय भित्रका आर्थिक वा सामाजिक रुपमा पछि परेका व्यक्तिको विकास र शसक्तिकरणका निम्ति हामी सबै एक भएमा मात्र हाम्रो सुनुवाई स्थानिय प्रदेश र संघमा हुने भन्दै कार्यक्रमको समापन गरेका थिए । कार्यक्रमको संचालन हेमन्त पुन मगरले गरेका थिए ।


प्रकाशित मिति: सोमवार, चैत्र ६, २०७९, ०६:०१:००
प्रतिक्रिया दिनुहोस्