युडिएल : सिकाइको विश्वव्यापी ढाँचा’ विषयक तालिम सम्पन्न, सहभागी शिक्षकलाई प्रमाणपत्र वितरण!
स्थानीय
बाँके जिल्लामा ट्राफिक व्यवस्थापन र सडक दुर्घटना न्यूनिकरणका लागि योजनाबद्ध तरिकाले काम गर्छु ः जिल्ला ट्राफिक प्रमुख तिलक सुनार

बाँके जिल्लामा ट्राफिक व्यवस्थापन र सडक दुर्घटना न्यूनिकरणका लागि योजनाबद्ध तरिकाले काम गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक तिलक सुनारले प्रतिबद्धता गरेका छन् । बाँकेका पत्रकारहरुको भेटघाटका क्रममा ट्राफिक व्यवस्थापनलाई उदाहरणीय बनाउने र बाँकेमा रहेको बढ्दो सवारी दुर्घटनालाई न्युनिकरण गर्न आफु प्रतिबद्ध रहेको बताएका हुन् ।
उनले यहाँको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण रहेको र सवारी दुर्घटनाबाट वर्षेनी ठूलो धनजनको क्षति बेहोर्नु पर्ने जस्ता समस्यालाई निराकरण बिभिन्न योजना बनाएर काम गर्ने बताए । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, क्षमताभन्दा बढी सामानको ढुवानी गर्नु, ट्राफिक संकेत, पालना नगर्ने, लेन अनुशासन पालना नगर्ने, स्पीड बढी हुने, अव्यवस्थित पार्किङ्ग जस्ता समस्या बाँकेमा रहेको पत्रकारहरुले जानकारी गराएका थिए । सुनारले प्रत्येक सामुदायिक बिद्यालयहरुमा पुगेर बालबालिकाहरुलाई ट्राफिक सचेतना सम्बन्धिका कार्यक्रमहरु समेत जानकारी दिए ।
थप समाचार

स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!