युडिएल : सिकाइको विश्वव्यापी ढाँचा’ विषयक तालिम सम्पन्न, सहभागी शिक्षकलाई प्रमाणपत्र वितरण!
स्थानीय
२१ मार्च अर्थात् अन्र्तराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस भोली कोहलपुरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदै ।

२१ मार्च अर्थात् अन्र्तराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस विभिन्न कार्यक्रमको आयोजना गरी कोहलपुरमा मनाईने भएको छ । कोहलपुर नगरपालिकाको आयोजना तथा दलित सेवा संघको संयोजन र बिभिन्न सामाजिक संघ संस्थाको सहकार्यमा संबैधानिक र कानुनी प्राबधानहरुको कायान्यवन गरौ जातीय छुवाछुत भेदभाबका बिरुद्ध प्रतिरोध गरौ भन्ने नाराका साथ ५८ जातीय विभेद उन्मूलन दिवस मनाउन लागिएको पत्रकार सम्मेलन मार्फत दलित सेवा संघ बाँकेका अध्यक्ष बुद्ध सुनारले जानकारी दिए । जातीय विभेद उन्मूलन दिबशका अबसरमा भोली बिहान ७ बजे कोहलपुरमा र्याली निकाल्ने समेत सुनारले बताए । जातिय भेदभाव गर्न नपाईने स्पष्ट कानुनी व्यवस्था भएपनि पछिल्लो समय जातिय भेदभाव तथा छुवाछुतका घटना वृद्धि भइरहेको भन्दै संविधानमा दलित समुदायका अधिकारलाई सुनिश्चित गर्नुपर्ने बताए ।
यस्तै कोहलपुर नगरपालिकाका सामाजिक बिकास समिति संयोजक इश्वरि प्रशाद बिश्वकर्माले कोहलपुर नगरपालिकाले जातीय विभेद बिरुद्धको कार्यक्रमको सुरुवात गरेको बताए । नेपाली परिबेशमा संबैधानिक अधिकारको हिसाबले सबै जाती ,वर्ग , समुदाय लाई समान अधिकार प्रत्यायोजन गरेको छ । मौलिक अधिकारको हिसाबले हेर्दा प्रस्ताबना मै जातीय छुवाछुत मुक्त राष्ट भनेर उल्लेख गरिएको भएता पनि अहीले पनि जातीय छुवाछुत ठुलो समस्याका रुपमा देखा परेको बताए । महीलाको मुद्धा महीलाले मात्र उठाउने ,दलित समुदायको मुद्धा दलित समुदायले मात्र उठाउने भन्ने कुरा सही नभएको र समाज रुपान्तरणका लागि एकले अर्काका मुद्धालाई सम्वन्य गर्न सक्ने र त्यसलाई हाम्रो समस्या हो भन्ने कुरालाई मध्यनजर राखेर गयो भने समग्रतामा नेपालको आमुल परिवर्तनका पक्षमा जान सक्ने बताए । जातीय छुवाछुत दलित समुदायको मात्र समस्या हो भन्ने बुझाई गलत भएको भन्दै जातीय छुवाछुत तथा बिभेदका बिरुद्धमा सबै जात , वर्ग , समुदाय एकजुट हुनुपर्ने कुरामा बिकले जोड दिए । परम्परागत सोचलाई भत्काउनका लागि दलित गैर दलित सबैले साझा मुद्धा बनाएर अगाडी बढ्नुपर्ने बताए ।
अघिल्ला बर्षहरुमा यस्ता खाले दिबश तथा कार्यक्रमहरु लक्षित ब्यक्तिहरुले मात्र मनाउने गरेको समाज सुधार कार्यक्रम नेपाल कोहलपुरका सचिब शंकर न्यौपानेले बताए । देश संघियतामा गईसकेपछि यो बर्ष देखि बिभिन्न संघ संस्थाहरुले यस्ता खाले विभेद बिरुद्धका दिबश तथा कार्यक्रमहरुलाई मनाउनु पर्छ भनेर सुरुवात गरेको बताए । भोली बिहान ७ बजे कोहलपुरमा ५८ अन्र्तराष्ट्रिय जातीय विभेद उन्मूलन दिबशका अबसरमा प्रभात फेरि सगै कोण सभा गर्ने भएकाले त्यहा बिभिन्न बर्ग , जाती , समुदायको सहभागिता रहने बताए । यो मुद्धा एउटा समुदायको मात्र नभएर सबैको मुद्धा भएकाले यसको न्युनिकरणका लागि सबै एकजुट हुनुपर्ने बताए ।
थप समाचार

स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!