स्थानीय

मेलमिलाप सम्बन्धी आठ दिवसीय आधारभूत तालिम आजदेखि कोहलपुरमा शुरु ।

Samayapati

 बाँकेको कोहलपुर नगरपालिकाले हाम्रो समस्या हाम्रै समाधान भन्ने मुल नाराका साथ मेलमिलाप सम्बन्धी आठ दिवसीय आधारभूत तालिम आजदेखि कोहलपुरमा शुरु गरेको छ । मेलमिलापकामाध्यमबाट न्यायिक प्रक्रियालाई सहज र प्रभावकारी बनाउन कोहलपुर नगरपालिकाको आयोजना तथा नेपाल महीला न्यायधीश मन्चको सहजीकरणमा आठ दिवसीय आधारभूत तालिम सुरु गरिएको हो ।

उक्त तालिमको उदघाटन समारोहलाई सम्वोधन गर्दै उच्च अदालत तुलसीपुर, नेपालगंजका न्यायाधीश वामदेव ज्ञवालीले समुदायमा विवाद भैईरहने भएकाले समुदायमा हुने विवादहरु मेलमिलामकर्तामार्फत निरुपण हुने बातावरण सिर्जना गर्नुपर्ने बताए । मेलमिलाप सेवालाई सबै वडामा विस्तार गर्ने र सामुदायिक मेलमिलापको विकास सगै सस्थागतीकरणका लागि जोड दिनुपर्ने बताए । सामुदायिक मेलमिलाप सेवाको बारेमा प्रचार प्रसार गर्ने र सचेतना फैलाउने काम गरी यसलाई विवाद निरुपणको एउटा सशक्त औजारको रुपमा विकास र स्थापित गराउन र आफुले तालिममा सिकेका कुराहरुलाई ब्यबहारिक रुपमा समेत लागु गर्न सहभागिहरुलाई आग्रह गरे ।

कोहलपुर नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक संगिता सुवेदीले न्यायका लागि मेलमिलापको माध्यम उपयुक्त भएको भन्दै यसको व्यापकता र प्रभावकारिता मेलमिलापकर्तामा निर्भर रहने बताईन् । मेलमिलापबाट समाधान गरिएका विवादहरु कार्यान्वयन गर्न प्रभावकारी रहने हुनाले मेलमिलाप प्रक्रियालाई प्राथमिकता साथ अगाडि लिएको बताईन् । न्यायिक समिति सगै वडामा रहेका सामुदायिक मेलमिलाप केन्द्रहरु मार्फत दुवैको जित जित हुने प्रक्रीयाले छलफलको माध्यम बाट विवाद समाधान गर्ने बताईन् । न्यायिक समितिको काम कर्तब्य र अधिकारमा रही सोही बमोजिम विवाद समाधान गर्न गर्नुपर्ने बताईन् । ८ दिनमा सबैलाई कुशल मेलमिलापकर्ता भएर सामाजिक रुपमा सेवा गर्न समेत तालिममा सहभागिहरुलाई आग्रह गरिन् ।

तालिमको उद्घाटन शत्रमा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, कोहलपुर नगरपालिकाका कानुनी सल्लाहकार कर्ण बहादुर केसी , कोहलपुर नगरपालिका सामाजिक बिकास समिति संयोजक इश्वरि बिक लगायतको सहभागिता रहेको थयो । तालिममा विवाद, मेलमिलापको पद्धती, मेलमिलाप सम्वन्धी प्रचलित कानुनी व्यवस्था, मेलमिलापको शिप, मेलमिलाप प्रक्रिया, विवाद छनौट, मेलमिलापकर्ताका गूणहरु र मेलमिलापका आचारसहिंता, सहमतीय निकास लगायतका विवीध बिषयमा अधिबक्ता अधिकारी र देवीराम भण्डारी लगायतले सहजीकरण गर्नेछन् । तालिममा १५ वटै वडाका करिब ३० जनाको सहभागिता रहेको छ ।

 


प्रकाशित मिति: आइतवार, चैत्र ५, २०७९, ०६:३३:००
प्रतिक्रिया दिनुहोस्