स्थानीय

बाँकेमा कोरोना बिरुद्धको ‘बुस्टर डोज खोप लगाउन शुरु ।

Samayapati

बाँकेमा पनि कोरोना बिरुद्धको ‘बुस्टर डोज’ खोप लगाउन शुरु गरिएको छ । कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिई सार्वजनिक क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई ‘बुस्टर डोज’ खोप दिन सुरु गरिएको हो ।

२०७७ चैत मसान्तसम्म पहिलो मात्रा खोप लगाई समयावधि भित्र दोस्रो मात्राको खोप लगाएर ६ महिना पुगेका अग्रपंक्तिमा खटिएर काम गर्ने व्यक्तिहरुलाई आजबाट ‘बुस्टर डोज’ खोप दिन शुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार, अग्रपंक्तिमा खटिएर काम गर्नेलाई ‘बुस्टर डोज’ खोप लगाउन शुरु गरिएको हो ।

उनका अनुसार, २०७७ चैत्र अन्तिमसम्म कोभिसिल्ड र भेरोसेलको पहिलो डोज खोप लगाएका र समयावधि भित्र दोस्रो मात्राको खोप लगाई ६ महिना समयावधि पुगिसकेका उनिहरुलाई अहिले सोही खोप दिइनेछ ।

 

बाँकेको नेपालगञ्ज र कोहलपुर गरी दुई स्थानबाट ‘बुस्टर डोज’ खोप लगाउन शुरु गरिएको छ । नेपालगञ्जको भेरी अस्पतालको ईमर्जेन्सी सेवाको अगाडि र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट खोप केन्द्र सञ्चालन गरिएको श्रेष्ठले बताए ।

खोप लगाउन जादा खोप कार्ड र परिचयपत्र आवश्यक पर्ने उनले जानकारी दिए । त्यसैगरी, ६० बर्ष उमेरमाथिका नागरिकहरुलाई माघ १४ गतेदेखि ‘बुस्टर डोज’ खोप लगाइनेछ ।


प्रकाशित मिति: आइतवार, माघ २, २०७८, ०६:४६:००
प्रतिक्रिया दिनुहोस्