स्थानीय

कोहलपुरलाई पलाष्टिक मुक्त नगर बनाउने अभियानमा लाग्न सहकारीहरुलाइ नगरप्रमुख रावतको आग्रह ।।

Samayapati

समयपाटी संवाददाता अनिता विश्वकर्मा

कोहलपुरलाई पलाष्टिक मुक्त नगर बनाउने अभियानमा लाग्न विशेष जोड दिदै नगरप्रमुख लुटबहादुर रावतले कोहलपुर क्षेत्रमा आबद्ध सम्पुर्ण सहकारीहरुलाई आग्रह गर्नुभयो ।

सहकारीले अबको यो समयमा व्यवसाय र उत्पादनका क्षेत्रलाई मात्रै विस्तार गर्ने नभई अन्य क्षेत्रलाई पनि विस्तारीत रुपमा अगाडि बढाउन जरुरी भएको बताउनुभयो । कोहलपुर नगरपालिका वडा न ५ मा अवस्थित संकल्प जनसेवा बहुउदेश्यी सहकारी संस्थाले आफ्नो १५ औ साधारणसभा भव्य समारोहका साथ मनाउदै गर्दा कार्यक्रमका प्रमुख अथिती समेत रहनु भएका नगर प्रमुख रावतले कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै पछिल्लो समय दिर्गकालिन रुपमा पलास्टिकको व्यवस्थान हुन नसक्दा जथाभावि रुपमा जलाईएका पलास्टिकबाट निस्कीएको धुवाले बायु प्रदुषण बढि हुने देखिएकाले मानव समाजमा पार्न सक्ने असरको मध्यनजर गर्दैे यस्को नियन्त्रण तथा रोकथामका लागी सवैलाई एक्यवद्धताका साथ लाग्न आग्रह गर्नुभयो हो । उद्घाटनशत्र कै क्रममा प्रमुख रावतले संकल्पले गरेका हरेक कार्यप्रतिको सम्मान गर्दै उहाले अहिले सम्मकै सरोफेरोमा रहेर हेर्ने हो भने संकल्प जनसेवा बहुउदेश्यी सहकारी संस्था अन्य सहकारी भन्दा अग्रस्थानमा रहेकोले आगमी दिनमा पनि यस संस्थाको सदैव प्रगती देख्न पाईयोस भन्ने धारणा व्यक्त गर्नुभयो । यस्तै जिल्ला सहकारी संस्थाका उपाध्यक्ष एव.कार्यक्रमका विशिष्ट अतिथी मिना सिग्देलले कार्यक्रममा उपसथित सम्पुर्णलाई सहकारीबाट प्रवाहा गरीएका सेवासुविधालाई सहि ठाउँमा सदुपयोग गर्न सके मात्र लक्ष्यमा पुग्न सकिने र सोहि अनुसार आफना कार्यहरुलाई अगाडि बढाउन सकिने बताउनुभयो । २५ जनाको सक्रियतामा संञ्चालन गरीएको यस संस्थामा १ हजार ८० महिला र ४ सय ७२ पुरुष गरी अहिले १ हजार ५ सय ५२ शेयर सदस्य सख्या बनाउन सफल भएको खुशि व्यक्त गर्दै संस्थाका संस्थापक एव. पुर्व अध्यक्ष भारति खनालले यहा सम्म आउन निकै आरोह अबरोह र चुनौती संग समाना गनुपरेको त्यो दिनलाई संघर्ष कै मैदानबाट अगाडि बढाउदा आज संकल्पले गरेको सकंल्प पुरा भएको जानकारी गराउनुभयो । यस्तै संस्थाका अध्यक्ष माया गौतमले आर्थिक वर्ष २०७७÷०७८को प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

मर्यादित व्यवसाय र प्रविधीमा सहकारी भन्ने नाराका साथ सुरु गरीएको यस सहकारी संस्थाले कोहलपुर नगरपालिकाका १५ वटै वडा र वैजनाथका केहि वडामा आफ्नो कार्य क्षेत्र विस्तार गर्न सफल भएको छ भने संकल्प बुटिक सेन्टर पनि संञ्चालन ल्याएको छ ।


प्रकाशित मिति: बुधवार, मंसिर १५, २०७८, ०६:४९:००
प्रतिक्रिया दिनुहोस्