स्थानीय

दिगो शान्तिका लागि उन्नत सम्बन्ध साझा सवाल पारितका लागि संयुक्त बैठक ।

Samayapati

दिगो शान्तिका लागि उन्नत सम्बन्ध साझा सवाल पारितका लागि संयुक्त बैठक खाट बिधि बाट न्याय सम्पादनको काम सुरु गरिएको छ । बैजनाथ गाउँपालिका वडा ६ लालपुरमा न्याय सम्पादनको काम खाट बिधि बाट सुरु गरिएको हो । बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकको सहभागितामा वडा न ६स्थित नर बहादुर भन्डारी का नाममा लालपुर्जा रहेको जग्गा साविक नेपालगन्ज वन विकास परियोजनाले २०४८र ४९ सालमा बृक्षारोपण गरिदिएपछिको जग्गा सम्बनिधको बिवादका बारेमा साझा सवाल पारितका लागि संयुक्त बैठकमा छलफल गरिएको हो । खाट विधिको सहजिकरण प्राकृतिक श्रोत द्वन्द्व रूपान्तर केन्द, नेपालका बाँके जिल्ला संयोजक रोहित चौधरीले गरेका थिए भने कार्यक्रमको आयोजना माकुरी समूहले गरेको थियो । खाट विधिमा स्थानीय न्यूहरीयाली सामुदायिक वन ,गौथली सामुदायिक वन लालपुरका लालपुर्जा पक्ष समाजसेवी लगाएको सहभागी रहेको थियो ।

 


प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८, ०४:०५:००
प्रतिक्रिया दिनुहोस्