युडिएल : सिकाइको विश्वव्यापी ढाँचा’ विषयक तालिम सम्पन्न, सहभागी शिक्षकलाई प्रमाणपत्र वितरण!
स्थानीय
बाँकेमा थप १० जना कोरोना संक्रमितको मृत्यु ।

बाँकेमा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज १२ का ४५ वर्षीय पुरुष, नेपालगञ्ज १० की ७८ वर्षीया महिला, नेपालगञ्ज १ का ५८ वर्षीय पुरुष, नेपालगञ्ज १० का २७ वर्षीय पुरुष, भेरी नगरपालिका ४ जाजरकोटकी ४३ वर्षीया महिला, नेपालगञ्ज ४ का ५५ वर्षीय पुरुष, नेपालगञ्ज १० का ७८ वर्षीय पुरुष, नेपालगञ्ज १९ का ७७ वर्षीय पुरुष र नरैनापुर १ बाँकेका ५६ वर्षीय पुरुष तथा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर ५ बाँकेका ३२ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए । यो संगै कोरोनाबाट बाँकेका १५७ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका १२७ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: बिहिवार, बैशाख २३, २०७८, ०३:३९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार

स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!