युडिएल : सिकाइको विश्वव्यापी ढाँचा’ विषयक तालिम सम्पन्न, सहभागी शिक्षकलाई प्रमाणपत्र वितरण!
मनोरन्जन
आफुतिर भने चकाचक मेरो चिसो चुलो नबनाउ /

टीकाराम ढकाल
सानो कुरा पायो कि त ठूलो नबनाऊ !
भो अव आँखाको त्यो फूलो नबनाऊ !!
जीवनमा धेरै तल झरिसँके झड्किएर !
अझै तल झार्ने धनको तुलो नबनाऊ !!
कति दिन लाग्यो भेट्न भागी गयौ तर !
भाग्य खोटो भएपछि के गर्नु रैछ र? !!
स्वर्गलोक् की परीलाई धर्तीको धुलो नबनाऊ !
भो अब आँखाको त्यो फूलो नबनाऊ !!
पायौं होला धनीमानी नफर्क्यौ भो यता !
बिर्सी गयौ तिम्ले यता मेरो मुटु दुख्ने ब्यथा !!
आफुतिर चकाचक मेरो चिसो चुलो नबनाउ !
भो अब आखाको त्यो फुलो नबनाउ !!
प्रकाशित मिति: शुक्रवार, मंसिर ८, २०८०, ०८:०५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार

स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!