युडिएल : सिकाइको विश्वव्यापी ढाँचा’ विषयक तालिम सम्पन्न, सहभागी शिक्षकलाई प्रमाणपत्र वितरण!
मनोरन्जन
कसको मन दुख्दैन र रोईरहेका ओठ देखेपछि ! (गजल)

कर्ण शिह दैलेख
कसको मन दुख्दैन र रोईरहेका ओठ देखेपछि !
जीउभरी डामैडाम र टाउकामा चोट देखेपछि !!
गोठमा बस्ने नेताले राजधानीमा महल ठड्याए !
छि छि र थु थु गर्छन् अचेल गाउँका गोठ देखेपछि !!
यो देशका नेता कार्यकर्ता पुलिस र कर्मचारीहरु !
तैं चुप मैं चुप हुन्छन् हरियाहरिया नोट देखेपछि !!
गाई काटिए गोरु काटिए दाईभाई पनि काटिए !
मान्छेले डर मान्न छोडिसके बमबिस्फोट देखेपछि !!
शंकैमाथि शंका मात्र गर्न थाल्यौं हामी नेपालीले !
बच्चा मारेर फाल्या झैँ ठान्छौं पेटिकोट देखेपछि !!
प्रकाशित मिति: शनिवार, भदौ २३, २०८०, ०७:३७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!