युडिएल : सिकाइको विश्वव्यापी ढाँचा’ विषयक तालिम सम्पन्न, सहभागी शिक्षकलाई प्रमाणपत्र वितरण!
मनोरन्जन
राजनीतिज्ञ हुनलाई त महान बिचार हुनुपर्छ ! ( गजल )

गोरख बहादुर चन्द ,
बारेकोट गाउँपालिका २ जाजरकोट , हाल कोहलपुर बाँके ।
राजनीतिज्ञ हुनलाई त महान बिचार हुनुपर्छ !
सरकार चलाउनलाई गतिलो आधार हुनुपर्छ !!
कहाँ सजिलो छ र यहाँ मतदाताहरुको मन जित्न !
दुखि ,गरिब जनताको मन जित्ने सरकार हुनुपर्छ !!
खुलियम हिडिरहेका छन भ्रष्टाचारीहरु त्यहाँ !
गल्ती र ठगी गर्ने मान्छे पनि त लाचार हुनुपर्छ !!
खुट्टा तान्ने प्रवृत्तिले मात्रै देश बन्दैन नेता ज्यु !
संसद भित्र पनि त मिलेको आकार हुनुपर्छ !!
आफैले मात्रै अर्बौं भ्रष्टाचार गरेर पुग्दैन मन्त्री ज्यु !
गाउँमा भोटहरुको सपना पनि साहाकार हुनुपर्छ !!
बलात्कारी र गुण्डाको संरक्षण गरेपछि नेताहरुले !
बिचार!अस्तित्व गुमाएर नारीहरु सिकार हुनुपर्छ !!
प्रकाशित मिति: सोमवार, जेठ १५, २०८०, ०९:०६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!