नरैनापुरका अग्नि पिडितलाई संघीय सासद ढकालको सहयोगमा राहत वितरण।
मनोरन्जन
आफ्नै मान्छे आफ्नै पेट भर्दा रहेछन नेता ! (गजल्)

# गोरख बहादुर चन्द
बारेकोट गाउपालिका २ जाजरकोट , हाल कोहलपुर ११ बाँके
आफनै मान्छे आफ्नै पेट भर्दा रहेछन नेता !
राष्ट्रवादका खोक्रा कुरा गर्दा रहेछन नेता !!
७० क्रस पुगि सक्दा सत्ता छोड्नु छैन !
आफ्ना सन्तान बनाएरै मर्दा रहेछन नेता !!
मरुभूमि उजाड जस्तै जनता भाछन गाउमा !
आफू भने ठुला सागर तर्दा रहेछन नेता !!
चुनाव जिते राजधानी छिरे गाउँ आउने हैन !
झुट्टा गफ जनतालाई छर्दा रहेछन नेता !!
अर्कै देशको नेता आउँछ कानुन बनाउनलाई !
खुट्टा ढोक्न खुर्पात तन्त्र गर्दा रहेछन नेता !!
प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९, ११:१०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!