अर्थ

उपभोक्ताले रित्तो सिलिन्डर निकालेपछि बढाइयो ग्यासको वितरण ।

Samayapati

आइतवार, फाल्गुन २५, २०७६
खाना पकाउने एलपी ग्यास नपाईने त्रासमा काठमाडौंका उपभोक्ताहरु रित्तो सिलिन्डर निकालेर लाइनमा बस्न थालेका छन् । चार वर्षअघि भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीपछि पहिलोपटक उपभोक्ताहरु सिलिन्डर बोकेर लाइनमा बसे पछि देशैभर नै त्रासको अवस्था सिर्जाना हुन पुगेको छ । ग्यास पाइँदैन कि भन्ने मनोवैज्ञानिक त्रास छाएको छ । कोरानाका कारण नाकाबन्दीमा जस्तै ग्यासको अभाव हुने डरले आफूसँग रहेको रित्तो सिलिन्डर भर्न लाईनमा बसेको अनामनगर डिपोको लाईनमा भेटिएका होम बहादुर सन्त्यालले बताए । मुलकभर ५९ वटा ग्यास उद्योगले उपभोक्तालाई ग्यास बिक्री गर्छ तर शुक्रबार लाईनमा बस्ने उपभोक्ताले नेपाल ग्यास कम्पनीको रित्तो सिलिन्डर बोकेका थिए । नेपाल आयल निगमले भने उपभोक्ताको सबै रित्तो सिलिन्डर साटन पाइने गरी ग्यासको वितरण बढाएको बताएको छ ।


प्रकाशित मिति: आइतवार, फाल्गुन २५, २०७६, १२:५१:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार