युडिएल : सिकाइको विश्वव्यापी ढाँचा’ विषयक तालिम सम्पन्न, सहभागी शिक्षकलाई प्रमाणपत्र वितरण!
राष्ट्रिय
चौथो पटक सम्म पनि पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपाल आयल निगम किन चुप।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेको नेपाल आयल निगमले जनाएको छ ।
शुक्रबार मात्र प्राप्त नयाँ मूल्यअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको निगमले बताएको हो । डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा त्यस्तै हवाइ इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले घटेको निगमको भनाई रहेको छ । नयाँ मूल्यअनुसार निगमलाई अब पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा र डिजलमा प्रतिलिटर ५ रुपैयाँ अझै घाटा रहेको निगमले जनाएको छ । नयाँ मूल्यपछि पनि मासिक २० करोड रुपैयाँ नोक्सानी रहेको निगमको दाबी छ ।
यसअघि पनि बारम्बार तीन पटकसम्म घटेर नयाँ मूल्य प्राप्त हुँदा सम्म पनि निगमले इन्धनको उपभोक्ता मूल्यमा समायोजन गरेको थिएन । यो समेत गरी चौथोपटक भारतबाट लगातार इन्धनको मूल्य घटेको हो । अब इन्धनको नयाँ उपभोक्ता मूल्य समायोजनबारे भने निगम सञ्चालक समितिको बैठकले निर्णय गर्नुपर्नेछ ।
थप समाचार


स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!