राष्ट्रिय

झापा–५ बाट एमाले अध्यक्ष ओलीको नाम सर्वसम्मत सिफारिस ।

Samayapati

आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा चुनावका लागि नेकपा एमाले क्षेत्र नम्बर–५ ले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत उम्मेदवारमा नाम सिफारिस गरेको छ ।आज सोमवार बसेको क्षेत्रीय कमिटीको बैठकले अध्यक्ष ओलीको एकल नाम सिफारिस गरेको हो । क्षेत्र नं १ बाट रविन कोइरालाको एकल नाम सिफारिस भएको छ भने क्षेत्र नं २ बाट पूर्वम हान्यायाधिवक्ता अग्नि खरेल, एमाले प्रदेश इन्चार्ज देवराज घिमिरे, पवित्रा खरेल र ध्रुवकुमार शिवाकोटीको नाम सिफारिस गरिएको प्रचार विभाग प्रमुख गोपाल काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार क्षेत्र नं ३ र ४ बाटसमेत आजै उम्मेदवारको नाम सिफारिसका लागि पार्टीको बैठक बसिरहेको छ ।


प्रकाशित मिति: सोमवार, भदौ २०, २०७९, ०३:१८:००
प्रतिक्रिया दिनुहोस्