युडिएल : सिकाइको विश्वव्यापी ढाँचा’ विषयक तालिम सम्पन्न, सहभागी शिक्षकलाई प्रमाणपत्र वितरण!
राष्ट्रिय
देउवाले फुल्याएपछि पछि हट्यो मधेस सरकार, आन्दोलन स्थगित ।

३१ साउन, जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी समायोजनलाई प्राथमिकतामा राखेर हेर्ने आश्वासन दिएपछि मधेश प्रदेश सरकारले सुरू गरेको आन्दोलन स्थगित गरेको छ । आइतबार र सोमबार धर्नामा बसेको मधेस प्रदेश सरकार मंगलबारदेखि आन्दोलन स्थगित गरेको धर्नास्थलमा बोल्दै मुख्यमन्त्री लालबाबु राउतले बताए ।यस्तै धर्नास्थलमा उपस्थित प्रदेश प्रमुख हरिशंकर मिश्रले संघ सरकार प्रहरी समायोजनमा गम्भीर र सकारात्मक रहेको र निर्वाचन लगतै गर्ने आश्वासन दिएको जानकारी दिए । प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न पटक(पटक संघीय सरकारलाई दवाव दिएको, प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गरी आग्रह गरेको, आन्दोलनकै अल्टिमेटम दिदैं ज्ञापन पठाउँदासमेत ध्यान नदिएपछि प्रदेश सरकारले आइतबारदेखि प्रदेश प्रमुखको कार्यालय प्राङ्गणमा मुख्यमन्त्री र मन्त्रीले धर्ना दिन शुरु गरेको थियो ।
थप समाचार


स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!