खजुराको एउटै वडामा १६ जना पाठेघरको क्यान्सरका शङ्कास्पद बिरामी
स्थानीय
क्यान्सर रोगको जोखिमबाट बचाउन खजुरा गाउपालिकाले

(नेपालगंन्ज )
सर्वसाधारणलाई क्यान्सर रोगको जोखिमबाट बचाउन खजुरा गाउपालिकाले स्वास्थ्य शिविर लाइ अभियानका रुपमा अगाढी बढाएको छ ।
वडा नम्बर –६, स्थित पुरैनामा स्त्रीरोग बिशेषज्ञ सहितको स्वास्थ्य शिविर आयोजना गरिएको छ । शिविरको उद्घाटन गर्दै पालिका प्रमुख डम्बर बिक तुफानले आमनागरिकलाई नसर्ने क्यान्सर जस्ता रोगबाट जोगाउन पालिकाले निर्वाह गर्नुपर्ने भुमिका निर्वाह गरिरहेको बताए ।
उनले क्यान्सर रोगले निम्त्याउने जटिलता नेपाली समाजका लागि निकै चुनौतीपुर्ण रहेको बताउँदै पालिकास्तरबाट हुने सहयोग आमनागरिकलाई गर्ने कार्य गरिरहेको उल्लेख गरे ।
उद्घाटन कार्यक्रममा उपाध्यक्ष मन्जु मल्ल,प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना,बरिष्ठ चिकित्सक डा कल्पना थापा लगायतले बोल्नुभएको थियो । सामाजिक विकास संयोजक कृष्णा कुमारी पोखरेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
शिविरमा १ सय ६५ जनाले सेवा लिएका थिए । ती मध्ये ८७ जनाको भिआइए परिक्षण गर्दा १७ जनामा शंकास्पद क्यान्सर देखिएको स्वास्थ शाखा प्रमुख लक्ष्मी केसी ओलीले बताए । उहाँका अनुसार,मधुमेह १८ जना, हाईपरटेन्नसन १५ जना, मृगौला सम्बन्धि समस्या १ जनास्वासप्रस्वास (दम ) समस्या १० जनामा भेटिएको छ ।खजुरा गाउपालिकाले नसर्ने रोगहरुको पहिचानको लागि एक महिने अभियान संचालन गरेको हो ।
फाल्गुनको महिना जनचेतनामुलक क्रियाकलाप तथा स्क्रिनिङको महिनाको रुपमा बिभिन्न कार्यक्रम गरीएको स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी ओलीले जानकारी दिइन् । स्थानियतहको समन्वयमा क्रियाकलाप सञ्चालन भएको थियो ।
थप समाचार
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!