खजुराको एउटै वडामा १६ जना पाठेघरको क्यान्सरका शङ्कास्पद बिरामी
स्थानीय
बाकेका आठ स्थानीय तह मध्ये खजुरामा सबै भन्दा कम बेरुजु

(नेपालगंन्ज )
बाकेका आठ स्थानीय तह मध्ये खजुरा गाउपालिका सबै भन्दा कम बेरुजु देखिएको छ ।
गत बर्ष २०८०÷०८१ को महालेखाले प्रतिवेदन सार्वजनिक गर्दा बाकेको ८ स्थानीय तहमा खजुरा गाउपालिका सबैभन्दा कम १.५० प्रतिशत ,कोहलपुर नगरपालिकाको १.६६ प्रतिशत राप्तीसोनारी गाउपालिकाको२.०५ प्रतिशत, नेपालगन्ज उपमहानगरपालिकाको२.२९ प्रतिशत डुडुवा गाउपालिकाको २.७२ प्रतिशत जानकी गाउपालिकाको २.८६ प्रतिशत नरैनापुर गाउपालिकाको ३.०२ प्रतिशत र बैजनाथ गाउपालिकाको ३.३४ प्रतिशतको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक भएको हो ।
बँकेमा सबैभन्दा बढी बेरुजु बैजनाथ गाउँपालिकाको रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । बैजनाथ गाउपालिकाको बेरुजु३ .३४ प्रतिशत रहेको छ । त्यस्तै, सबैभन्दा कम बेरुजु खजुरालगाउपालिकाको आएको छ । खजुुरा गाउपालिका अध्यक्ष डम्बर बहादुर विकले आउने आर्थिक बर्षमा बेरुजु शुन्यमा पुर्याउने लक्ष्यका साथ काम भइरहेको बताए ।
यस्तै खजुरा गाउपालिकाका लेखा अधिकृत प्रदिप सुनारले बेरुजुलाई शुन्यमा झारेर बेरुजु रहित पालिका बनाउने अभियानमा लागेको जिकिर गरे ।
प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले जनप्रतिनिधिहरुको सहयोगका कारण बेरुजु कम गर्न सफल भएको बताउदै आउने आर्थिक बर्षमा पालिकामा बेरुजलाइ शुन्यमा झार्ने बताए ।
थप समाचार
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!