स्थानीय

खजुराको पेडारी नालमा पक्कि पुल बन्ने

Samayapati


नेपालगंन्ज
नेपालगन्ज–गुलरिया सडक खण्ड अन्तर्गत बाँकेको खजुरा गाउँपालिका ३ खजुरा बजारस्थित पेडारी नालामा चारलेनको पक्कि पुल निर्माण हुने भएको छ
खजुरा गाँउपालिका अध्यक्ष डम्बर बहादुर बिकले गाउपालिकाको पटक पटकको खवरदारी पछि अर्थ मन्त्रालयले खजुराको पेडारी नालामा पक्कि नालामा चारलेन पुल निर्माणका लागि बजेट स्वीकृत गरेको जानकारी दिए ।
सो पुल सहित नेपालगंज गुलरिया सडक खण्डको १ हजार ८ सय मिटर बाटो निर्माणको काम सम्पन्न गर्नका खजुरा गाँउपालिकाले सम्वन्धीत नियकामा डेलीगेसन जानुका साथै सरोकारवलाहरु लाई फिल्डमै ल्याएर बस्तुगत अवस्थाको बारेमा समेत अवलोकन गराएको थियो ।
अध्यक्ष बिकले यसै आर्थिक बर्ष भित्र बोलपत्र आवहान हुने गरि काम अगाडी बढेको भन्दै खुशी व्यक्त गरे ।
अध्यक्ष बिकले लामो समयदेखि खजुराबासीको मुख्य माग गर्दै आएको योजना यसपटक स्वीकृत भएको र अब केही दिनमा निर्देशनालयबाट टेण्डर आह्वान भई काम सुरु बताए । खजुरामा ७ वर्ष अघिदेखि चारलेन सडक निर्माण सुरु भएको भएपनि जीर्ण पुल भएका कारण आवागमनमा सास्ती हुदै आएको अध्यक्ष बिकको भनाई छ ।
जीर्ण पुल भएका कारण वर्षायाममा खोलामा बाढी आउँदा पटकपटक सवारी आवागमन प्रभावित हुने गरेको अध्यक्ष बिकले बताए ।

हुलाकी राजमार्ग निर्देशनालयका निर्देशक कुवेर नेपालीले अर्थ मन्त्रालयले नेपालगन्ज–गुलरिया सडक खण्ड अन्तर्गत बाकेको खजुरा गाउपालिका ३मा पर्ने पेडारी नाला र चपरा नालामा सहित बँके जिल्लामा चारवटा पुल निर्माणका लागि बजेट विनियोजन गरेको जानकारी दिए । नेपालीले अब केही दिनमा टेण्डर आव्हान गरि काम सुरु हुने जानकारी दिए ।
पेडारी नालामा नयाँ पुल २२ मिटर चौडाई र ३३ मिटर लम्बाईको हुने छ । पुलको लागत १२ करोड बढि छ ।

 


प्रकाशित मिति: आइतवार, जेठ ५, २०८२, ०१:२१:००
प्रतिक्रिया दिनुहोस्