खजुराको एउटै वडामा १६ जना पाठेघरको क्यान्सरका शङ्कास्पद बिरामी
स्थानीय
कोहलपुर १ मा नेतृत्व विकास र अन्तरजातीय विवाहबारे दुई दिने तालिम सुरु!

कोहलपुर, १ – समावेशी समाज निर्माण, सामाजिक न्याय प्रवर्द्धन तथा अन्तरजातीय सम्वन्धमा सकारात्मक दृष्टिकोण विकास गर्ने उद्देश्यका साथ दलित उत्थानमुक्ति समाज कोहलपुरले नेतृत्व विकास तथा अन्तरजातीय विवाहसम्बन्धी दुई दिने सचेतना कार्यक्रम सुरु गरेको छ।
कोहलपुर नगरपालिका वडा नं. १ को कौशिला नगरमा आयोजना गरिएको उक्त कार्यक्रम कोहलपुर नगरपालिकाको आर्थिक सहयोग दलित उत्थान मुक्ति समाज कोहलपुरको आयोजनामा सो कार्यक्रम संचालन गरिएको हो।
कार्यक्रमको अध्यक्ष दलित उत्थानमुक्ति समाज कोहलपुरका अध्यक्ष दलबहादुर सुनारको अध्यक्षतामा प्रमुख अतिथि कोहलपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बर्दीप्रसाद जैसीले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका थिए। उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि जैसीले जातीय विभेद मानव सभ्यताको घाउ भएको उल्लेख गर्दै अबको पुस्ताले विभेद होइन, बराबरी र समावेशी सोच बोकेको समाज निर्माणतर्फ अग्रसर हुनुपर्ने धारणा राखे। उनले कोहलपुर नगरपालिका सदैव उत्पीडित समुदायको पक्षमा उभिएको जनाउँदै यस्ता कार्यक्रमहरूलाई निरन्तर सहयोग गरिने प्रतिबद्धता जनाए।
विशिष्ट अतिथि कोहलपुर नगरपालिका सामाजिक विकास शाखाका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले दलित समुदायको सशक्तीकरणका लागि शिक्षा, चेतना र नेतृत्व तीनै तत्व अपरिहार्य रहेको उल्लेख गर्दै अन्तरजातीय विवाहलाई सामाजिक रूपान्तरणको एउटा सशक्त औजारका रूपमा लिनुपर्ने विचार प्रस्तुत गरे।
विशिष्ट अतिथि बाँके जिल्ला दलित सङ्घर्ष समितिका संयोजक कृष्ण बिक रसाइलीले नेतृत्व क्षमताको विकास बिना अधिकारको सुनिश्चितता असम्भव हुने उल्लेख गर्दै दलित युवाहरूलाई नीति निर्माण तहसम्म पु¥याउन यस्ता तालिमहरू महत्त्वपूर्ण हुने बताए। उनले अन्तरजातीय विवाहका सन्दर्भमा समाजमा अझै पनि परम्परागत सोच हावी रहेको र त्यसविरुद्ध सचेतना कार्यक्रमहरू आवश्यक रहेको बताए।
कार्यक्रमका अतिथि बाँके जिल्ला दलित सङ्घर्ष समितिका सदस्य अमर बिक, वडा नं. १ का वडा सदस्य गंगा बिक, कविराम पुलामी, सीताला परियार, नगर कार्यपालिका सदस्य सुनिता बिक, दलित महिला नेत्री निर्मला सुनार, समाजसेवी भोजेन्द्र रेग्मी, मणि बिक, अमरबहादुर चन्द, दुर्पता लामिछाने, वीरबहादुर बिक लगायतले पनि मन्तव्य राखेका थिए। उनीहरूले दलित समुदायलाई आत्मविश्वास, नेतृत्व र कानुनी चेतनाले मात्रै समाजमा सम्मानजनक जीवन सुनिश्चित गर्न सकिने धारणा राखे।
कार्यक्रममा प्रशिक्षकका रूपमा दलित सेवा संघ बाँकेका अध्यक्ष बुद्ध सुनार र प्रशिक्षक कृष्ण बिकले दुई दिने तालिमको प्रशिक्षणको लागि उनीहरूले नेतृत्व विकास, अन्तरजातीय विवाहसँग जोडिएका सामाजिक चुनौती, संविधानमा ग्यारेन्टी गरिएका दलित अधिकार, समानता र सामाजिक न्यायका विषयमा सहभागीहरूलाई गहन जानकारी दिने प्रतिबद्धता गरेका थिए।
त्यस्तै, समाजसेवी तथा बुद्धिजीवी महेन्द्रबहादुर रोकाय, समाजसेवी गगन विश्वकर्मालगायतको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूले यस्ता कार्यक्रमहरूले समुदायमा चेतना र आत्मबल बढाउने उल्लेख गर्दै दीर्घकालीन रूपमा यस्ता तालिमको आवश्यकता औंल्याएका थिए।
कार्यक्रमको औपचारिक समापन सत्रमा अध्यक्ष दलबहादुर सुनारले दुई दिने कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउन सबै अतिथि, प्रशिक्षक तथा सहभागीप्रति आभार व्यक्त गर्दै समाज रुपान्तरणको यो यात्रामा युवाहरूको भूमिका अपरिहार्य रहेको बताए। उनले दलित युवाले नेतृत्वदायी भूमिकामा अग्रसर हुनुपर्ने समय आएको उल्लेख गर्दै संस्थाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे।
सचेतनाको माध्यमबाट व्यवहारिक परिवर्तन ल्याउने आशाका साथ सञ्चालन गरिएको उक्त कार्यक्रममा ब्यापक सहभागीमूलक भएको सहभागीहरूको भनाइ रहेको थियो।
थप समाचार
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!